केशवप्रसाद भट्टराई ।
१. सेप्टेम्वर २००७ को पहिलो साता अमेरिकी राष्ट्रपति जर्ज बुस अष्ट्रेलिया भ्रमणमा रहेको बेलामा अष्ट्रेलियाका प्रधानमन्त्री र हाल अमेरिकाका लागि अष्ट्रेलियाका राजदुत केभिन रुड्ले राष्ट्रपति बुसलाई उपहार दिएको दुईटा मध्ये एउटा पुस्तक थियो – The Charm Offensive: How China’s Soft Power is Transforming the World. अमेरिकाले विश्वमा आफ्नो सकारात्मक प्रभावमा ध्यान नदिएर त्यसमा ह्रास ल्याइरहेको तर चीनले व्यापकरूपमा कसरी त्यस्तो प्रभाव बढाइरहेको छ र त्यसबाट कसरी सिक्ने भन्ने सन्दर्भमा रुडले उक्त पुस्तक बुसलाई उपहारमा दिएका थिए ।
२. त्यो एउटा युग थियो, जब चीनले आफ्नो त्यस्तो प्रभाव विश्वव्यापीरूपमा बढाउन अर्वौं डलर खर्च गर्थ्यो । त्यस्तो प्रभावलाई मुलुकको “सफ्ट पावर“ भनेर पहिलो चोटी “सफ्ट पावर“ को अवधारणालाई विसद रुपमा व्याख्या गरेर पुस्तक र धेरै लेखहरू लेखेर सो सम्बन्धमा विश्वव्यापी चर्चा र प्रतिष्ठा बटुलेका पूर्व अमेरिकी सहायक रक्षामन्त्री र हार्वर्डका प्राध्यापक जोसेफ एस. नाईलाई केही अघि चिनियाँ विदेशमन्त्रीले डिनरमा आमन्त्रण गरे र चीनले आफ्नो सफ्ट पावरमा कसरी वृद्धि गर्न सक्छ भनेर सल्लाह मागे ।
नाईले चीनको लागि त्यस्तो आकर्षण शक्ति ÷नरम शक्ति ( सफ्ट पावर ) वृद्धिमा दुइटा मूख्य अवरोध रहेको बताए ।
एउटा, भारतदेखि जापान, भियतनाम र फिलिपिन्स लगायतका मुलुकसँगसीमा विवाद, तनाव र धम्की , भारतसँग सीमामा गर्ने गरेको आक्रामक कारवाहीमा भारतीय सैनिकहरूको हत्या जस्ता घटना र अर्को, चीन भित्रका नागरिक समाजहरूमाथि चीनियाँ कम्युनिष्ट पार्टीको कठोर नियन्त्रण, मानव अधिकार माथिको व्यापक उल्लङ्घन र मानव अधिकारकर्मी, लेखक, कलाकारहरूको व्यापक गिरफ्तारीहरू ।
(स्रोत : दी सिड्नी हेराल्ड ट्रिब्युनमा पिटर हार्चेरको सेप्टेम्वर ७, २००७ र नेसनल इन्ट्रेस्टमा जोसेफ नाइको जुन १२, २०२४ को लेख )


