+

प्रेसमा कसैको नाम लिएर फलानोको फलानो फलानोसित भन्ने स्वतन्त्रता दिएको हो र ?

१३ असार २०८१, बुधबार ०७:२१

राजेन्द्र थापा ।
जरा गहिरो नभएको बोट कुनबेला खुस्किने हो थाहा हुन्न । यही बोटको चरित्र छताछुल्ल छ हाम्रो चलचित्र तथा आधुनिक सङ्गीत र लोक सङ्गीत बिधा जस्ता तु सेलेब्रेटी बन्ने परफरमेन्स कला विधामा । भिडियो मिडिया र टिभी मिडिया चलाउने जीवहरु एकै भएकोले ऋषि धमलाकै प्रतिलिपी विश्लेषणात्मक छलफल या मनोरञ्जनात्मक मा उही मसला र तसला तथा पकवान पस्किइन्छ । कफी करनको शैली प्रकाश सुवेदीले गरेर सबैभन्दा लोकप्रिय मनोरञ्जन कार्यक्रम बन्दा धेरै चिप्लिएर डिप्रेसनको अबस्था पनि आयो । भारतमा करणको यो कि त्यो लाई लाईट ह्युमरमा सुन्यो उडायो फुस्स तर नेपाली पाखे र सानो चित्तका भएकाले बम जस्तो हल्ला मच्चाउने दुषित मानसिकताको हामी । प्रकाशको मनोरञ्जनात्मक भएकोले यो कि त्यो सेगमेन्टलाई मनोरञ्जनकै रुपमा लिनुपर्ने तर त्यसमाथि न्युज बनाएर भड्काउने घटना थुक्क हामी ।

सुवेदीले शिव परियारलाई चिप्लाउन सोधे राजेन्द्र थापा कि शितल कादम्बिनी ? आशा होला राजेन्द्र थापा किनभने शिवको सुपर स्टारी नै क्या दामी हो । तर कसैले नचिन्दा लगानी गरेर स्थापित बनाउने भने शितल हो । र शितलले गर्दा नै मेरो आखामा शिव परेकैले क्या दामी जन्म्यो । म र शिवबीच बारबार छलफल हुँदा पनि म शितल नै महत्त्वपूर्ण भन्थें भाइलाई ।
अचानक कलाकारहरु मेसेन्जरमा त्यो पिस हालेर या फोन गरेर सर के भनेको शिवले आदि । तर म सचेत भएकोले हा हा गरेर यो नै सत्य प्रमाणित गरें । तर कोसिस भयानक थियो मलाई ह्युमिलेट र द्वन्द्व गराउन । हुन त म नै अन्तर्वार्ता एक असाधारण गजलमुखी गीतकारको रुपमा शितलकै नाम लिन्छु । करणको मा त बोल्यो सकियो यहाँ भने हामी पाखेहरु कोट्याउँदै एक कान दुईकान मैदानमा छताछुल्ल नारा जुलुस गर्न सफल । प्रकाशको त मनोरञ्जन सो ।आजकल त नामुद मिडिया म्यानको राजनीतिक विश्लेषक भनि इमेज बनाएका भए नि आफ्नो कार्यक्रममा यस्तै सेगमेन्ट हालेर राजा कि राष्ट्रपति, बालेन कि हर्क, केपी कि दुर्गा, राजेश हमाल कि गोपी हमाल या फोटामा को ? फरक के को परोस् जो परोस् ।

फेरि ऋषि शैलीमा अरुले पनि ल एउटा गीत गाउनुस् । गाउनुस् भनेसी गाउनुस् । कत्रो अबमूल्यन । ऊ पनि लय हालेर गाउन थाल्छ , कठै दुर्गेश थापा जस्तो गाली खाने गेड लाइन मेटेरियल बन्छ । गाउने महफिल फरक हुन्छ भनेर नबुझ्ने गायक ।
कान्तिपुरको ओसिनले त stripties  कार्यक्रम बनाइन् । stripties भनेको बारहरुमा एकएक गरेर विस्तारै लुगा फुकाल्दै सर्वाङ्ग नग्न हुने कार्यक्रम । ओसेनले पनि  stripties  झै एक एक कपडा उघार्ने अर्थात stripties: –
which a performer takes off his or her clothes in a way that is sexually exciting to  के कान्तिपुर ले गर्न खोजेको यही हो ? के हिरो हिरोइनले TV FM ONLINE  प्रेसमा कसैको पनि नाम लिएर फलानो को फलानो फलानोसित फलानोको फलानी थोक भन्ने स्वतन्त्रता दिएको हो र ?

थापाको फेसबुकबाट