+

‘१८ वर्षमा राजा ज्ञानेन्द्रलाई यति खुशी कहिले पनि देखेको थिइनँ’

१८ आश्विन २०८१, शुक्रबार ०३:५८

सुरेश आचार्य
भूटानको तीन दिवसीय ‘औपचारिक भ्रमण’ मा जाने बेलामा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्वराजा ज्ञानेन्द्र शाह प्रसन्न मुद्रामा हुनुहुन्थ्यो । मैले बिगत १८ वर्षमा राजा ज्ञानेन्द्रलाई यति खुशी कहिले पनि देखेको थिइनँ । भूटानी राजाको औपचारिक निमन्त्रणामा बिहीबार बिहान ड्रुक एयरबाट पारो अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नु हुँदा ज्ञानेन्द्रलाई भूटानी राजाको विशिष्ट अतिथिको रूपमा भूटानी अधिराजकुमारी पेमा ल्हादेन वांगचुकले स्वागत गर्नु भएको थियो । त्यहॉबाट राजालाई बिएमडब्लु सरकारी गाडीबाट कारकेडसहित राजकीय अतिथिगृह पुरÞ्याइएको थियो । पुग्नेवित्तिकै शाही धर्मगुरूबाट अभिषेश र आशिर्वचन प्रदान गरिएको थाहा भएको छ । मौसम परिवर्तनले नेपालमा जस्तै उच्च हिमाच्छादित भूटानलाई आर्थिक, सामाजिक, जलस्रोत, विपत् व्यवस्थापनका गम्भीर चूनौतिहरू खडा हुन थालेको परिप्रेक्ष्यमा असोज १५ गतेदेखि भूटानी सरकारद्वारा भूटान नवप्रवर्तन बृहत् अन्तरराष्ट्रिय सम्मेलनको आयोजना गरिएको छ ।

उक्त सम्मेलनमा विश्व नेतालगायत पूर्व राष्ट्रप्रमुखहरू, ख्यातिप्राप्त दार्शनिक, नोबेल पुरस्कार विजेता, विद्वतवर्ग, वैज्ञानिक, एआई र वातावरण एवं प्रकृति विज्ञहरू, दातृ निकायका प्रतिनिधीहरूको गहन सहभागिता रहेको छ । नेपालबाट सहभागी भएका विश्वप्रसिद्ध नेपाली सेफ सन्तोष साहले एक कार्यपत्र प्रस्तुत गरिसक्नु भएको छ । ज्ञानेन्द्रलाई वातावरणीय संरक्षणका क्षेत्रका शिखर व्यक्तित्व (World Conservation Champion) का रूपमा उच्चस्तरमा अनुभवको आदानप्रदान गर्न भुटान निम्ता गरिएको बुझिएको छ । अधिराजकुमार हुँदादेखि नै ज्ञानेन्द्रको नेतृत्वमा श्री ५ महेन्द्र प्रकृति संरक्षण कोषबाट मुस्ताङमा सुरू गरिएको अन्नपूर्ण संरक्षण क्षेत्रलाई विश्वमै प्रकृति संरक्षणका क्षेत्रको अनुपम परिकल्पना मान्ने गरिएको छ !

राजा ज्ञानेन्द्र, सम्मेलनको समापन समारोहमा सरिक हुने नहुने जानकारी पाउन नसकिए पनि थिम्पुबाट २४३ किलोमिटर दक्षिणपूर्वमा अवस्थित ‘गलेपू माइन्डफूल सस्टेनेबल सिटी’ योजनाको नेपाली राजकीय प्रतिनिधीमण्डललाई अवलोकन गराइने स्रोतले बताएको छ । भारतसँग सीमा जोडिएको गलेपू योजनावद्ध शहर २५०० वर्ग किलोमिटर क्षेत्रफलमा फैलेको छ, जून क्षेत्रफलका आधारमा सिंगापुरभन्दा पनि ठूलो रहेको छ । ३५ वटा नदी मिसिएर बनेको मानस नदीको घाँटी क्षेत्रमा अवस्थित ‘गलेपू माइन्डफूल सस्टेनेबल सिटी’ लाई भूटानी राजा जिग्मे खेसर वांगचुकको परिकल्पना अनुसार विकास गरिन लागेको हो । आर्थिक र सूचना प्रविधि केन्द्रको रूपमा विकास गरिने यस शहरका अधिकांश भौतिक संरचना पूलहरूमाथि निर्माण गरिने लक्ष्य राखिएको छ । सभागृह, अस्पताल, विधालय, डिपार्टमेन्ट स्टोर, होटेल, बजार, सफ्टवेयर कम्पनी आदि समेत पूलहरू माथि नै बनाइने परिकल्पना गरिएको छ । यो विश्वकै पहिलो बाढीपहिरो रहित आधुनिक शहरीकरण आयोजना हुनेछ ।

यसलाई चीनले हङकङ झैं विशेष प्रशासकीय क्षेत्र (Special Administrative Region) घोषणा गरिसकेको छ, जसका प्रमुख नेपाली मूलका भूटानी नागरिक डिएन दाहाल रहेका छन् । पूर्वराजा ज्ञानेन्द्रको, भुटानका वर्तमान राजाका बुवा पूर्वराजा जिग्मे सिग्मे वाङचुक डेचेनछोलिंग राजप्रसादमा हुने भेटघाट महत्वपूर्ण हुनेछ । दुवै पूर्वराजा दार्जिलिङको सेन्ट जोसेफ कलेजका एलुम्नाई र सहपाठी पनि हुन् । भूटानका पूर्वराजाको दक्षिण एसियाली क्षेत्रीय भूराजनीति र कूटनीतिमा अहिले पनि विशेष प्रभाव कायमै छ ।

 

ताजा अपडेट