-विजयकुमार पाण्डे
मीनबहादुर गुरुङजीले राजनैतिक दललाई खुलेआम दिउसै महादान दिएर पाखण्डको जगमा अडेका समाजलाई ऐना देखाएका छन् । अन्य सेठ, साहुहरुले दसकौंदेखि राति बालुबटारमा लुकेर गर्ने सत्कर्म उनले दिउँसै सार्वजनिक रुपमा गरे । अब नेपालका अन्य सेठसाहुले पनि चन्दा यसरी नै खुलेआम दिन सक्नुपर्छ, जसरी मीनबहादुरजीले दिए । जसरी अमेरिकामा दिन्छन् । यो सुरुवातका लागि मीनबहादुरजीलाई सलाम !
अर्कों सलाम एमाले नेत्रीद्वय बृन्दा पाण्डेजी र उषा किरणजीलाई । बडेमानका जवान मर्दहरु नजर झुकाएर बसेको ठाउँमा आफ्नो आत्माको आवाज निर्धक्क बोलेकोमा । तेस्रो सलाम केपी ओलीजीलाई । नेपाली समाजलाई मुहार हेर्ने ऐना उपहार दिएकोमा । ओशोले भनेका छन् – ‘सत्यको दर्शनले मान्छेलाई मुक्त गर्नेछ ।’ कहिले ? आउँदो २०८२ को वैशाखसम्म ? वा २०८४ मा ?


