डा. गोविन्दशरण उपाध्याय ।
(१) जुनसुकै काम गर्दा पतिले मेरो सहमति प्राप्त गरूँन् । (२) पतिले दान दिंदा होस् लिंदा मेरो सम्मति प्राप्त गरोस् (३) मेरा पतिले युवति हुँदा जति प्रेम मसँग गरिरहेको छ, त्यतिनै प्रेम वृद्ध हुँदा पनि गरोस् (४)मेरा पतिले धन–सम्पत्तिको रक्षा गर्ने अन्य घरायसी कार्यमा मेरो सहमति प्राप्त गरोस् (५) मेरा पतिले सम्पत्ति बेच विखन गर्दा होस वा किन्दा मसंग सहमति र सम्मति प्राप्त गरोस् (६) मेरो पतिले वर्षभरी नै मप्रति सम्मान, सद्भाव र सहयोग गरिरहोस् र बालबालिका हुर्काउन मदत गरोस् (७) मेरा पतिले जुनसुकै अवस्था वा परिस्थितिमा मेरा साथी, आफन्तका विचमा मेरो आलोचना नगरोस्ः
पति चाहन्छन् :
(१) जुनसुकै र जस्तोसुकै अवस्थामा पनि पत्नीले आफ्नो कुलपरम्परा र आदर्शहरूको सम्मान गरोस् । (२) परिवारका हरेक सदस्यहरूको आवश्यकताअनुसार तिनको सुविधाको सम्मान गरोस् (३) परिवारका बृद्धसदस्यहरूको ऊचितसल्लाह ग्रहण गरोस् र कार्यन्वयन गरोस् (४) परिवार, व्यक्ति तथा आफ्नो सुख–सुविधा तथा यश बढाउँ सहायक बनोस् । (५) छलफलमा अधिकार, सम्मति र सहमति खोजोस् तर अनावश्यक हस्तक्षेप, तर्क अथवा तिरस्कार नगरोस् (६) मेरा आमावुवाकको आज्ञ मानोस् र तिनको सेवा गरेर आशिर्वाद प्राप्त गरोस् (७) पत्नीले सधैं आफ्ना मेरा साथी, सम्बन्धि मित्रहरूका विचमा मेरो आलोचना निन्दा नगरोस् र असजिलो अवस्थामा सहयोगी भूमिका निर्वहन गरोस् ।
यसको अर्थ होः
पति र पत्नी दूवैले समानरूपमा एकअर्कालाई सम्मान गर्नुपर्छ र सहमति प्राप्त गरेर मात्र घरायसी निर्णय गर्नुपर्छ । पतिपत्नीका विचमा कहिलेकाहीं बैचारिक, व्याबहारिक असहमति हुनु, ससाना कुरामा क्षणिक मतभिन्नता हुनु स्वाभाविक हो तर यी सबै कुराहरू एकले अर्कालाई सहयोगी, मित्र तथा अभिभावकका रूपमा स्वीकार गरेको अवस्थामा समस्याहरू समाधान हुन्छन् ।
जसले विवाह संस्कारमा विश्वास गर्दैन, यौनजन्य क्रियाकलापलाई केवल भौतिक आवश्यकता र त्यसको पूर्तिमात्र ठान्छन् – त्यस्ता स्त्री र पुरुषका लागि परामर्शका यी आदर्शहरू काम गर्दैन । साथै जसले स्त्रीलाई ‘योनी’ र पुरुषलाई ‘लिंगका’ रूमा मात्र बुझ्छन् – त्यस्ता स्वच्छन्दहरूका लागि पनि सप्तपदी परामर्शको कुनै अर्थ छैन । योनीवाद र लिंगवादलाई निकै महत्व दिने, पतिपत्नीको सम्बन्धलाई पार्टनरसीपका (व्यापारिक सम्झौता जहाँ कम्पनीमा संगै वस्न वा काम गर्न मन परेन भने तुरुन्त अलग्गिन मिल्छ) रूपमा लिने, ठाउँ कुठाउँमा ‘वरावरी’ खोज्ने र प्रेमको सम्बन्धलाई पनि अधिकाररूपी कैचीले काट्ने “मोडर्न“हरूले पतिपत्नीको ‘सखा’ सम्बन्ध र त्यसबाट उत्पन्न हुने जीवनको आनन्दलाई बुझ्न सक्दैनन् ।
परिवार के चाहन्छन्ः
विवाहको एउटा अर्को सामाजिक पाटो परिवार थपिनु वा घट्नु हो । नेपाली परम्पराअनुसार छोरीका अभिभावकले परिवारमा एउटा सदस्य घटेको पाउँछन् भने केटाका परिवारमा एकजना सदस्यको बढोत्तरी हुन्छ । दूवै परिवारका ज्वाइँ र बुहारीप्रति आ–आफ्ना चाहना र बुझाई हुन्छन् । पहिलो केटाका घरको कुरा गरौँ । निश्चय नै विवाहपछि केटाले आमावुवा वा परिवारका सदस्यसंगको सम्बन्ध पत्नीसँग पनि बाँडिन्छ । आमावुवा र परिवारका अन्य सदस्यले यस्तो परिवर्तनलाई स्वाभाविक रूपमा लिन्छन् ।
सामाजिक र संस्कृतिक स्वीकृतिका साथ रितिरिवाजपूर्वक गरिने विवाहहरू यो कुराको घोषणा पनि हुन् तर पनि परिवारको हरेक सदस्यले (१) विवाहित दम्पत्तिले आफ्नो सम्मान गरोस् (२) मीठो बोलोस् (३) सहयोगी भावना प्रकट गरोस् र आवश्यक पर्दा आफुले सक्ने सहयोग गरोस् (४) पारिवारिक कार्य होस् वा कार्यक्रम विवाह हुनुभन्दा पहिलेझैं सहभागिता जनाओस् (५) आर्थिक मामिलामा सक्दो सहयोग गरोस् र पत्नी वा पतिका आगाडी आफ्नो अपमान नगरोस् वा परिवारको कुरा नकाटोस् भन्ने चाहन्छन् । मलाई लाग्छ, उपर्युक्त चाहनाहरूलाई यथासक्य सम्बोधन गर्ने दम्पतिको दाम्पत्यमा परिवारबाट भरपुर सहयोग प्राप्त हुन्छ ।
दम्पति के चाहन्छन् ?
नेपाली समाजमा एउटा कमसल उखान छ ‘विवाहपछि छोरो स्वास्नी को’ ! असलमा उखानमा सत्य र असत्य दूवै लुकेको छ । विवाहपछि दाम्पत्य जीवन कायम हुन्छ । छोरी होस् व छोरो ‘दाम्पत्य जीवन’ प्रवेश गरेसंगै आधाअंग (अर्धाङ्गिनी) बन्छन् । विवाहको एकाधवर्ष नवविवाहित दम्पत्तिलाई स्वाभाविक रूपले यौनजीवनप्रति बढी अभिरुची हुन्छ । यस्तो अवस्थामा, पतिपत्नीको सहकार्य बढी देखिन्छ । यस्तो अवस्थालाई ‘छोरो स्वास्नी’को भन्नेर इर्श्या गर्नु उचित होइन । यहाँ परिवारका सदस्यहरूले बुझ्नै पर्ने कुरा के हो भने अब छोरो एक्लो छैन, उसले पत्नीसँग मिलेर गृहस्थ जीवनको अभ्यास गर्दैछ ।
(१) छोराबुहारीले निजको निजत्वलाई सम्मान गरिनुपर्छ भन्ने चाहन्छन् (२) दम्पतिहरू बुहारीलाई अर्काको ठान्ने तर छोरालाई आफ्नो ठान्ने मानसिक चिन्तनबाट मुक्त होस् भन्ने चाहन्छन् (३) हरेक दम्पतिले परिवारका सदस्यहरूले आहार–व्यबहारमा विभेद नगरुन् भन्ने चाहन्छन् (४) दम्पत्तिले परिवारका सदस्यहरूबाट ससुरालीप्रति अपमानजन्य भाषा वा व्यवहारको प्रयोग गर्नु हुँदैन । (५) दम्पत्तिले परिवारका सदस्य होस् वा अन्य सम्बन्धिहरूले सम्मान जनकव्यबहार गरूँ भन्ने चाहन्छन् । (६) हरेक दम्पतिले आफुलाई परिवारको जिम्मेदार सदस्यका रूपमा स्वीकार गरेर पारिवारिक निर्णयहरूमा सहभागिता सुनिश्चित गरूँन् भन्ने चाहन्छन् र अन्त्यमा (७) परिवारले आफूलाई धार्मिक, सांस्कृतिक, सामाजिक तथा अन्य प्रमुख क्रियाकलाप सहभागी बनाओस् भन्ने चाहन्छन् ।
विश्वभरी धर्म, संस्कृति तथा समाजअनुसार विवाहका फरकविधिहरू छन् तर विवाहको मूलउद्देश्य विवाहयोग्य स्त्री र पुरुषलाई समाजको पूर्णअंग बनाएर गृहस्थी पुस्तान्तरण गर्नुनै हुन्छ । विधिपूर्वक विवाह गरेर पतिपत्नी बनेका जोडी होउन् वा अन्य प्रकारले संगै बसेर गृहस्थ जीवनको जिम्मेवारी बहन गरिरहेका जोडीहरू, दूवैला लागि दाम्पत्य जीवन सबैभन्दा महत्वपूर्ण पक्ष एकआपसमा सम्मान, प्रेम र समानताको व्यवहार हो । सप्तपदीले यी सबै तत्थ्यहरूलाई सम्बोधन गर्छ । सामान्यअवस्थामा संगै बसेका दम्पतिको मनको कुनै पनि कुनामा डिभोर्स हुँदैन । दाम्पत्य जीवनमा कलह र डिभोर्स एउटा दुःखद अनुभूति हो । लालची, स्वार्थी र आफ्नो मात्रै कुरा देख्ने पत्नी र स्वार्थी, क्रोधी, लोभी र कामी पतिको दाम्पत्य डिभोर्समा टुंगिन्छ ।
सहनै नसक्ने अवस्थामा दुःखद दाम्पत्यलाई डिभोर्सबाट समाप्त पार्नु नै सबैभन्दा बढी बुद्धिमानी हुन्छ ।


