मोहनराज चापागाईं ।
कुनै पनि शासन पद्धतिलाई नराम्रो भन्न मिल्दैन । केवल समय सापेक्ष छ छैन यो मूल्याङ्कन गर्नुपर्छ । हाम्रो राष्ट्र नेपालमा समय परिपक्व नभई तथाकथित गणतान्त्रिक व्यवस्थालाई स्वीकार गरियो । गणतान्त्रिक व्यवस्था ल्याउन जनआन्दोलन नभई विदेशीको कुनियतमा नेपालीका नामका केही नेपालीहरूलाई माध्यम बनाएर अनपेक्षित रूपमा तथाकथित गणतान्त्रिक व्यवस्था नेपाल राष्ट्रमा थोपरियो!संवैधानिक राजतन्त्रात्मक संसदीय शासन प्रणालीलाई अङ्गीकृत गर्ने सहमति भयो तर सम्झौताको पालन भएन ।
तथाकथित सिद्धान्तहीन राजनीतिक दलका अनिर्वाचित मनोनीत व्यवस्थापिकाका सदस्यहरू अराजनीतिक मनोगते शैलीमा नेपाल राष्ट्रको ऐतिहासिक परम्परागत राजतन्त्र विस्थापित गरेर गणतान्त्रिक संविधान अङ्गीकृत, स्वीकृत गरियो!यसमा आमनेपालीको स्वीकृति छैन । त्यसैले यो व्यवस्थाले स्थायित्व कायम गर्न सक्दैन । नेपाली काँग्रेस, तथाकथित कम्युनिष्ट पार्टी मात्र नभएर राजतन्त्र पक्षधर तथाकथित पञ्च महापञ्च पनि दोषी छन् । नेपाली काँग्रेसका ऐतिहासिक नेता आदरणीय गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईले यो राष्ट्रघाती कुकृत्यको विरोध गरे ।
आदरणीय दुवै नेताले नेपाली काँग्रेसबाट अलग भएको घोषणा गरे । पुष्पलाललाई छोडेर अन्य तथाकथित कम्युनिष्ट समूह गुट उपगुट झुण्ड सिद्धान्तहीन छन्, यिनीहरूको जीवन धर्म कर्म जता मल्खु उतै ढल्खु रहेको छ । यही राष्ट्रघाती स्वार्थप्रेरित चरित्रले गर्दा पुष्पलालद्वारा स्थापित विकसित साम्यवादी राजनीति उहाँको शेषपछि भाँडतन्त्र छाडातन्त्र लुटतन्त्रको माध्यम बन्न गयो । यस्तो स्थितिमा आदरणीय प्रिय नेपालीहरूले फुर्सदले सोच्न आवश्यक छ । अन्यथा नेपाल राष्ट्र इतिहासको पृष्ठको विषय न बन्ला भन्न सकिन्न ।


