+

मान्छेले सही हैसियतको दर्जा राख्छ भने सही र गलत भन्न सक्नुपर्छ

२८ माघ २०८१, सोमबार ११:२५

मोहन चापागाईं

आदरणीय प्रिय नेपालीहरू,
मान्छे सही हैसियतमा मान्छेको दर्जा राख्छ भने सहीलाई सही गलतलाई गलत भन्ने आँट गर्छ । भगवान या ईश्वर रूपका मान्य अदृश्य शक्तिसम्म गल्ती गर्न सक्छ । यो ब्रह्माण्डको सृष्टिको सामान्य प्रक्रिया हो । झन् मान्छे त गल्तीको अनन्त श्रृङ्खला छिचोलेर मान्छेको स्थिति एवं भूमिकाको हकदार हुन्छ । यही सत्य सोचले मैले बारम्बार आग्रह गरेको छु, उल्लेख गरेको छु, “गल्तीनगर्ने मान्छे हुँदैन, गल्तीको पुनरावृत्ति गरिरहने पनि मान्छे हुँदैन ”। “गल्ती स्वीकार नगर्ने, नसुधार्ने प्राणी शास्त्रीय विशुद्ध प्राणी मानव आकारको विशुद्ध मूलप्रवृत्तिधारक पशु या जनावर हो मान्छे होइन । त्यसैले आफूले विश्वास गरेको, मानेको कसैको पनिगल्तीऔंल्याउन पर्छ । विश्वास,आस्था एवं अभिक्तिव्यक्तिको स्वार्जित आर्जन हो ।

व्यक्तिको व्यक्तिगत सम्पत्ति हो, आत्मबल आत्मविश्वासयुक्त जीवनशैली हो यसलाई क्षय हुन दिन हुँदैन । आफ्नो विश्वास आस्थाको प्रतीकको गलत कामको विश्लेषण, मूल्याङ्कन एवं आलोचना गर्नु मानव विकासक्रमको अमूल्य अनिवार्य आधारभूत प्राथमिक आवश्यकता हो । नेपाली लोकतान्त्रिक आन्दोलनको विकासक्रमलाई गन्तव्यमा पुग्नबाट रोक्ने सोच हो, “आफूले समर्थन गरेको आदर्शको आलोचना नगर्ने, अन्धभक्त हुने र अन्यले गरेको सहीआलोचनालाई पनि सहन नसक्ने गलत प्रवृत्ति ।

“नेपाली राजनीतिको सम्पूर्ण क्षेत्रमा यही गलत प्रवृत्तिहावी छ । राजतन्त्रात्मक संसदीय शासन प्रणालीका हिमायती राजाबाट भए गरेका गलत कामलाई न औंल्याएर आदर्श धरोहर स्वीकार गर्छौँ, नेपाली काँग्रेसका सिद्धान्तकार आदरणीय विश्वेश्वर प्रसाद कोइरालालाई “महामानव” संज्ञाले संज्ञित गरेर भित्ते पात्रोको रूपमा सुशोभित गर्छौँ,गरिरहेका छौँ, तथाकथित कम्युनिष्ट संज्ञितका त कुनै विचार, सिद्धान्त दर्शन दृष्टिकोण एवं अवधारणा सिद्धान्ततः छैन । जसरी तसरी कठोर तपस्या गर्ने अनिजनता रूपी भगवानसँग वरदानप्राप्त भए पछि भष्मासुरलाई वरदान दिने आराध्य भष्मधारीशिवअर्धनारीश्वरलाई नै भष्मगर्ने प्रयास गरे झैं जनहितलाई ध्याननदिने, आफु र आफ्नाको हित संरक्षण गर्न लम्पट भएर सिद्धान्तहीन अराजनीतिक फोहरी खेल खेलेर भएपनि सत्ता सुविधामा चिप्किरहने सामान्य राजनीतिक शैली भएको छ ।

त्यागी तपस्वी वलिदानी दुःख कष्ट पाएका, भोगेका कार्यकर्ता एवं समर्थक झर्ला र खाउँला भन्ने गलत सोचले ग्रस्त भएर ताली बजाइरहने आफ्ना प्रमुख उपप्रमुखहरूको गलत प्रवृत्तिको विरोध गर्न नसक्ने । त्यसैले नेपाली राजनीतिकर्मी मानव आकारका आकृति नै हुन् गल्ती गर्नु स्वभाविक हो । राष्ट्र, राष्ट्रिक एवं राष्ट्रियताका पक्षधर सम्पूर्ण इमानदार आदरणीय प्रिय नेपाली राष्ट्रिकले सबैको कमीकमजोरी औंल्याउन सक्नुपर्छ । तबमात्र नेपाल राष्ट्र एवं राष्ट्रिकको हित हुन्छ । राष्ट्रियतालाई संरक्षितगर्न सकिन्छ ।

आदरणीय प्रिय नेपालीहरू
नेपाली राजनीतिक नेतृत्वमा क.पुष्पलालको त सत्ता सुविधामानपुगी देहावसान भयो उहाँको बारेमा मैले बारम्बार यही आशय व्यक्त गरेको छ नेपाल राष्ट्र भित्र कम्युनिष्ट विचार सिद्धान्त दर्शन दृष्टिकोण प्रवेश गराउँने एक मात्र नेता हुनुहुन्छ । उहाँको देहावसान सँगसँगै उहाँको ने. क.पा. सतीगयो । वर्तमानमा तथाकथित कम्युनिष्ट संज्ञित समूह गुट उपगुट झुण्ड के कस्ता छन् आदरणीय प्रिय नेपालीहरूले देखेकै छ ।

नेपाली लोकतान्त्रिक आन्दोलनका शिखर पुरुष आदरणीय विश्वेश्वर प्रसाद कोइरालालाई मान्न सकिन्छ । राष्ट्र र जनहितलाई ध्यानदिएर राजनीतिक दूरदर्शीता राख्ने उहाँ एक मात्र राज नेता हुनुहुन्छ । तर उहाँको राजनीतिक कार्यकर्ता छनौट र सबैलाई विश्वास गर्ने जीवनशैलीले गर्दा २००७ सालको परिवर्तनदेखि सहमति र सम्झौताको नाममा उहाँले धोका खानु परो । उहाँले पत्याएका आदरणीय नेपाली राष्ट्रिक डा.तुलसी गिरी र विश्वबन्धु थापाले उहाँप्रति गरेको घात सर्वसाक्ष्य छ । दुवैले भविष्यको गर्भको पदलोलुपताको झर्लावादी आशे प्रवृत्तिलाई प्रोत्साहित गरे, आदरणीय डा. गिरी त पद प्राप्तिमा सफल पनि भए ।

सूई लगाएर भएपनि सम्पूर्ण नेपाली राष्ट्रिकलाई पञ्चमहापञ्च बनाउँछु, राजतन्त्रमा लोकतान्त्रिक व्यवस्थालाई स्थान रहन्न भन्दै श्री ५ को बक्सिस, निगाहामा लोकतान्त्रिक शासन पद्धतिलाई समाप्त पार्न प्रधानमन्त्री भए । विश्वबन्धु थापाले भने अर्बौंको जग्गा चितवनमा बक्सिसको रूपमा प्राप्त गरे । प्रधानमन्त्री भने हुन सकेनन् । तुलसी गिरीको त लिला गजबको छ लोकतान्त्रिक शासन पद्धतिलाई मास्न पनि उनै चर्चित भए, राजतन्त्र समाप्तपारेर गणतन्त्रात्मक संघीय व्यवस्थालाई अनपेक्षित रूपमा ल्याउन उनै कारक बने । श्री ५ ज्ञानेन्द्रले नेपाल राष्ट्रलाई चटक्कै छाडेर पलायनभएकाउनलाई नै श्री ५ ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा मन्त्रिपरिषद्को वरिष्ठ उपाध्यक्ष बनाइयो । उनकै पालामा नेपाल राष्ट्रको ऐतिहासिक परम्परागत पहिचान हिन्दू आचरण प्रधान सनातनधर्म समाप्त पारियो । आदरणीय गिरी यत्तिसम्म हिन्दू आचरण प्रधान सनातन विरोधी हुनुहुन्थ्यो कि श्री ५ को नेतृत्वको सरकारको उपाध्यक्षभएर पनि श्री ५ ले मनाएको हिन्दू आचरण संस्कार चाडपर्वमा सहभागी हुनुहुन्न थियो । म आफैं साक्षी छु ।

क्रमशः

ताजा अपडेट