+

अन्तर्राष्ट्रिय महिला फुटबलमा म्यानमारको विजयी सुरुवात

५ फाल्गुन २०८१, सोमबार ११:३६

काठमाडौं । म्यानमारले चारदेशीय अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा सुखद सुरुवात गरेको छ । सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो खेलमा म्यानमारले लेबनानलाई ३–१ ले पराजित गरेको हो ।

म्यानमारको जितमा कप्तान विन थिङ्गे टुन, श्वे वि टुन र सान थउ थउले समान एक गोल गरे। एक गोलले पछाडि रहेको अवस्थामा लेबनानका लागि लिला इस्कान्डारले बराबरी गोल फर्काएकी थिइन् ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो  ।  खेलमा ५६औं मिनेटमा म्यानमारले सुरुआती अग्रता लियो । जितसँगै लेबनानले तीन अंक जोडेको छ । आजै घरेलु टोली नेपालले किर्गिस्तानलाई चुनौती प्रस्तुत गर्नेछ ।