+

अन्तर्राष्ट्रिय राजनीतिको क्रुर पक्ष

११ फाल्गुन २०८१, आईतवार ०३:४१

डा. युवराज संग्रौला ।
एक दिन युक्रेनमा सोभियत युनियनले रसियाको जमिनसमेत दिएर स्वशासित प्रान्त बनायो । सोभियत युनियनले युक्रेनलाई सबैभन्दा विकसित औद्योगिक प्रान्त पनि बनायो । कारण यहाँ हिटलरले सबैभन्दा ज्यादा क्रुर अत्याचार गरेको थियो । सोभियत युनियनले हिटलरलाई हरायो र फ्रान्सलाई फेरि राष्ट्र बनायो । बेलायतलाई हिटलरबाट बचायो । त्यतिमात्रै होइन, युरोपमा हिटलर हारेपछि चीन पुगेर जापानलाई पराजित गरि अमेरिकालाई विश्वशक्ति बन्ने मौका पनि सोभियत युनियनले नै दिएको हो । सोभियत युनियनले दुई करोड जनता बलिदान गरेर नाजिवादबाट विश्वलाई जोगायो । तर त्यही फ्रान्स, बेलायत र अमेरिका विश्वयुद्ध सकिनासाथ सोभियत युनियन माथि टर्कीमा अखडा बनाएर आक्रमण गर्ने योजनामा लागे । यो अन्तराष्ट्रिय राजनीतिको क्रुर पक्ष हो। विस्तारै सोभियत युनियनलाई घेर्न थाले । अन्ततः यसलाई ढाल्न सफल भए। तब मच्चियो रसियाको धनमा पश्चिमी लुट । रसियाली जनता राष्ट्रवादी छन् । उनीहरुले नेपोलियन र हिटलरलाई हराएकै हो । जब पुटिनको उदय भयो तब रसियाको पुनरउत्थान भयो ।

१. वैधानिक राष्ट्रपतिलाई अपधस्त गरियो, मैदान आन्दोलनबाट सन् २०१४ मा ।

२. एउटा कमेडियनलाई राष्ट्रपति बनाइयो ताकी युरोप र अमेरिकी मिसाइल रसियाका सिमानामा राख्न सकियोस् ।

३. तब जेलेन्स्किले नेटोको सदस्य हुने घोषणा गर्यो र रसियाले आक्रमण गर्नुपर्ने बाध्यता भयो ।
आज युक्रेनमा जेलेन्स्की भन्ने राष्ट्रपति छ । तर देश छैन, सबै खण्डहर छ। उद्योग ध्वस्त भए । उर्जा ध्वस्त भयो। बाइडेनका काँधमा बसेको जेलेन्स्कीलाई किर्ना ठानेर ट्रम्पले फ्याँकिदियो । युक्रेनका जनता छोटो समयको भ्रमले आज देश बर्बाद भयो । संसारमा ती देश उन्नत भए जुन देशका जनता कागकापछि कुद्दैनन् । उनीहरु जेलेन्स्की जस्ता मान्छेले राष्ट्र समाप्त गर्दछन् भन्ने जाँन्दछन् ।