+

प्रधानमन्त्रीको जन्मदिनमा केक काटेर केपी ओली कपको उद्घाटन

११ फाल्गुन २०८१, आईतवार १०:०५

काठमाडौं। प्रधानमन्त्री केपी ओलीले बर्थ डे केक काटेका छन् । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा केपी ओली कप फुटबल च्याम्पियनसिप उद्घाटनअघि ओलीले आफ्नो ७४औं बर्थ डे केक काटेका हुन् ।

ओलीले केक काटेर श्रीमती राधिका शाक्यलाई खुवाएका थिए । प्रधानमन्त्री ओलीको जन्मदिनको अवसर पारेर केपी ओली कप फुटबल प्रतियोगिता सुरु भएको हो ।