तनहुँ ।राष्ट्रिय सरोकार मन्च तनहुँले श्री ५ महाराजाधिराज ज्ञानेन्द्रले प्रजातन्त्र दिवसको अवसरमा दिएको शुभकामना सन्देशको स्वागत गरेको छ । राजाको आव्हान अनुसार राजसंस्था सहितको हिन्दु अधिराज्य स्थापनाका लागि छिट्टै आन्दोलनमा जाने निर्णयसहित आवश्यक तयारी पनि थालिएको रासम तनहुँले जनाएको छ ।
राष्ट्रिय सरोकार मन्च तनहुँका अध्यक्ष सफिक मियाँले राजाको अपिल अनुसार अब आम नेपालीले राजालाई साथ दिनुपर्ने निष्कर्षमा सबै पुगेको बताउनु भयो । रासम केन्द्रीय नेतृत्वसंग आवश्यक समन्वय गरेर केन्द्रको निर्णय अनुसार संघर्षका कार्यक्रम सार्वजनिक गर्ने उहाँले जानकारी दिनु भयो ।
उक्त अवसरमा रासम केन्द्रीय सदस्य उज्जवल भट्टराई तथा रासम तनहुँका अन्य पदाधिकारीहरु पनि सो वैठकमा सहभागि हुनुहुन्थ्यो । सहभागि सबैले राजालाई साथ दिनुपर्नेमा जोड दिनु भएको थियो । राजसंस्था पुर्नस्थापनाका लागि छिट्टै सडकमा जाने उद्घोष सहित वैठक सकिएको जनाईएको छ ।



