काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले बहुमतको दम्भ नदेखाउन रास्वपालाई चेतावनी दिएका छन् ।
विहिबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले संख्या अस्थायी भएकाले बहुमतको दम्भ नदेखाउन चेतावनी दिएका हुन् । उनले भने- ‘संख्या अस्थायी हो । मुख्य कुरा राष्ट्रप्रतिको जिम्मेवारी हो । जनताप्रति उत्साह ल्याउनुपर्छ ।’
साथै प्रचण्डले प्रधानमन्त्री बालेन्द्र शाहलाई पुराना नेताहरुसँग संवाद नगरेको भन्दै आलोचना गरेका थिए । उनले भने- ‘प्रधानमन्त्री बालेनलाई पुराना नेताको अनुभव लिन, संवाद गर्न किन रोकेको हो ? आफ्नै अंहकारले रोकेको हो कि के हो ? अनुभव लिन कन्जुस्यायी गर्न आवश्यक छ र ? तपाईंहरु जति संवादबाट टाढा जानुहुन्छ। प्रतिपक्षलाई जति अवमूल्यन गर्नुहुन्छ त्यति राष्ट्र, जनता अफ्ठ्यारोमा पर्ने देखिन्छ।’


