फाल्गुन १३ बिरगंज । ब्रहमाकुमारी राजयोग सेवा केन्द्र बिर्ता बिरगंजद्वारा शिव सन्देश शान्ती पद यात्रा सम्पन्न भएको छ।आज ब्रहमाकुमारी राजयोग सेवा केन्द्र बिर्ता बिरगंजबाट रर्याली निकाली घन्टाघर हुँदै मुर्ली लगायत बिरगंजका विभिन्न स्थान नगरपरिक्रमा गरि पुन्ह छपकैया स्थित बिश्व दर्शन भवन सेवा केन्द्र छपकैया भवनमा पुगि कार्यक्रम सम्पन्न भएको छ।
ब्रहमाकुमारी राजयोग सेवा केन्द्र बिरगंजका मुख्य संचालिका रबिना दिदिको अभिभावकत्वमा सम्पन्न सो कार्यक्रमका मुख्य अतिथि उधोग बाणिज्य संघ बिरगंजका अध्यक्ष अनिल अग्रवाल,विशिष्ट अतिथीमा वडा नम्बर ४ का वडा अध्यक्ष जगत साह कानुको उपस्थिति रहेको थियोे । सम्पुर्ण रास्ट्रमा शान्ती सदभाव र एकता कायम होस भन्ने उदेश्यका साथ यो शान्ती पद यात्राको आयोजना गरिएको आयोजकले जनाएका छन । भगवान् शिव यो धर्तीमा अवतरित हुनु भएको ८८ बर्ष पूरा भई ८९ बर्षमा प्रवेश गरेको ८९ औं त्रिमुति शिव जयन्तीको अवसर मा यो शान्ति पद यात्रा गर्न लागिएको हो।
शंकर पार्वती र सर्ब आत्माहरुको पिता एउटै प्रमात्मा शिव हुनु हुन्छ भन्ने सन्देश बोकेको झाक्री सहित बिरगंजको बिर्ताको ॐ शान्ती भवन बाट शुभारम्भ भई घन्टाघर हुँदै मुर्ली लगायत बिरगंजका विभिन्न स्थान नगरपरिक्रमा गरि पुन्ह छपकैया स्थित बिश्व दर्शन भवन सेवा केन्द्र छपकैया भवनमा पुगि कार्यक्रम सम्पन्न भएको हो।



