यस्तै नेपाली सेनाको श्री जबुज गण सुरक्षा पोष्ट भाठा र ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरीको संयुक्त टोलीले पर्सा राष्ट्रिय निकुञ्ज भित्र पुरानो भाठा मन्दिरबाट शिकारी बासस्थान तर्फ आउदै गरेको पैदल यात्रीले बोराभित्र लुकाई छिपाई राखेको अवस्थामा ३० किलो अबैध लागुऔषध गाँजा बरामद गरेको थियो।
पक्राउ पर्नेमा पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नं ३ भथौरा बस्ने १९ वर्षिय अर्जुन महतो र पटेर्वा सुगौली गाउँपालिका वडा नं १ गदियानी बस्ने ३० वर्षिय असलम अंसारी रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख एवम् प्रहरी उपरिक्षक गौतम मिश्राले जानकारी दिए। पक्राउ परेका दुबै जनामाथि लागुऔषध सम्बन्धी मुद्दामा थप अनुसन्धान भईरहेको प्रमुख मिश्राले बताए।


