+

दोस्रो वीरगन्ज गोल्डकप फाईनलमा पुलिस संग मछिन्द्र भिड्ने

२२ फाल्गुन २०८१, बिहीबार १४:३५

वीरगन्ज । विभागीय टोली मछिन्द्र फुटबल क्लब काठमांडौले दोस्रो वीरगन्ज गोल्डकप फुटबल प्रतियोगीताको फाईनलमा प्रवेश गरेको छ । आर्दशनगर खेलमैदानमा बिहिबार भएको दोस्रो सेमिफाईनल खेलमा मछिन्द्र फुटबल क्लबले ३–१ गोलअन्तरले सहलेस फुटबल क्लब सिरहालाई हराउँदै फाईनलमा प्रवेश गरेको हो ।

खेलमा सुरु देखि आक्रमक देखिएको मछिन्द्रले खेलको १० औ मिनेटमा मछिन्द्रले आफ्नो पहिलो गोल गरेर अग्रता बनाएको थियो । मछिन्द्रका स्टाईकर स्टेफन जालीले पहिलो गोल गरे । खेलमा हाबि देखिएको मछिन्द्रले १३ औ मिनेटमा पुन अर्को गोल गर्यो । मछिन्द्रका लागी दोस्रो गोल भने स्टेफन जालीले ने गरेका थिए । त्यसपछि खेलको ६५ औ मिनेटमा फेरि मछिन्द्रले अर्को गोल गर्दै खेलमा थप हावि भएको थियो ।

मछिन्द्रका लागी तेस्रो गोल आदित्य शाक्यले गरेका थिए । खेलमा कमजोर देखिएको सहलेस फुटबल क्लबले ईन्जुरी समयको दोस्रो मिनेटमा सान्तावना बापत एक गोल गरेर चित बुझाएको थियो । यो संगै शनिबार हुने दोस्रो वीरगन्ज गोल्डकप फुटबल प्रतियोगीताको उपाधीका लागी साविक विजेता नेपाल पुलिस क्लब र मछिन्द्र फुटबल क्लब भिड्ने भएका छन ।

खेलमा म्यान अफ दि म्याच मछिन्द्र फुटबल क्लब खेलाडी स्टेफन जाली घोषित भए । उनले नगद १० हजार र शिल्ड प्राप्त गरेका हुन ।