+

आन्दोलनकोे सम्पूर्ण जिम्मेवार राज्य, राजालाई बदनाम गराउन खोजेर उम्किन पाइदैन

१७ चैत्र २०८१, सोमबार ०२:१२
अस्मिता भण्डारी ।
तीनकुनेमा भएको राजावादी आन्दोलनको सम्पूर्ण दोष राजालाई लगाएर राजालाई कार्वाही गर्नु पर्छ भन्ने बाबुराम भट्टराई देखि अन्य नेताहरुको समेत कुरा सुनियो । राजा र राजाबादीलाई समात्ने र थुन्ने , राजाको राहदानी रद्द गर्ने ,राजालाई नजर बन्द गर्ने , तीनकुनेमा भएको कार्यक्रमको हर्जना राजालाई तिराउने भन्ने आदि … कच्चा निर्णयहरुले अहिलेको परिस्थितिको निकास दिन सक्दैन । राजावादीलाई तह लगाउन समाजवादी मोेर्चाले सोही दिन कार्यक्रम राखेर राजावादीहरुलाई उत्तेजित बनाउने काम समाजवादीकाे कार्यक्रमले पनि गर्याे । त्यसैदिन उक्त कार्यक्रम गर्नु पर्ने कुनै जरुरी नै थिएन ।
१.कार्यक्रम गर्नु पुर्व जिल्ला प्रशासनलाई जानकारी गराईएको र उसले तोकेको स्थानमा कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रम पूर्व आन्दोलन कारी प्रशासन बिच छलफल र समन्वय भएको छ । कार्यक्रमको जिम्मेवार आन्दोलन समिति र दुर्गा प्रसाईं हुन् राजा होइनन् । राजालाई जवर्जस्ती राजनीतिमा तान्न खोज्ने राजनीतिक दलका नेता र महानगरको प्रयास निन्दनीय छ ।
२. नेपाल प्रहरी,सशस्त्र र राष्ट्रिय अनुसन्धानले के भूमिका निर्वाह गर्याे त ? संचारकर्मी आगोमा पर्याे बचाउन दमकल पठाईदेउ भन्दा अनुनय बिनय गर्दा दमकल किन आएन ?? प्रहरीले आगोमा परेका पत्रकारकाे उद्दारका लागि किन अनुदार देखायो ?? बहुत बीभत्स !!
३.शान्तिपूर्ण रुपमा मञ्चमा कार्यक्रम संचालन भईरहदाँ कार्यक्रम स्थललाई नै निशाना गरेर अश्रुग्यास किन फ्यालियो ? मञ्चमा नै प्रहरीले लाठीचार्ज गर्याे ।निर्दाेष जनतामाथि गोली किन हानियो ? घरको छतबाट आगो कसले लगायो ? सादा पोशाकमा पेस्तोल र फलामे रड बोकेर प्रहरी परिचालन किन गरेको ?? उक्त बिषयमा न्यायाेचित अनुसन्धान हाेस् ।
४ ब्यक्तिको घरमा अश्रुग्यास भण्डारण गर्ने र घरमाथिबाट अश्रुग्यास प्रहार गर्ने कार्यक्रम स्थल कब्जामा लिने । मञ्चलाई नियन्त्रणमा लिएर लाठीचार्ज गर्ने कार्य प्रहरीले किन गर्याे ? प्रहरीले गरेको हो कि होईन? नेतृत्वदायी भुमिकामा रहेका सुरक्षा निकायको धेरै कमजोरी रहेको छ । अनुसन्धान होस् ।
५ . सोही दिन समाजवादी मोर्चाले राजावादी सँग भिड्नका लागि कार्यक्रम राखेर मुठभेठको मानसिकताको वृद्धि गरायो ।
आन्दोलनकारी कठरो पनि बन्न सक्छ भन्ने अनुमान प्रशासनले किन नगरेको ? जनताको जिउ धनको सुरक्षा दिनु पर्ने कार्य कस्को हो ? गृह प्रशासनको होइन ?
६. समाजवादी मोर्चाले राजावादी सँग भिड्नका लागि सोही दिन आयोजना गरि भिडन्तको मनाेविज्ञानको बिकास गर्याे । उक्त बिषयलाई ध्यानमा राखि जनताको जिउ, धन र सार्वजनिक सम्पत्तिको संरक्षण र सुरक्षा गर्ने काम गृह प्रशासनको हो । आन्दोलनका क्रममा विभिन्न घुसपैठ र दुबै पक्षबाट भएका हिंसात्मक गतिविधिहरु निन्दनीय छन् ।
अत: एक‌ैदिन गणतन्त्रवादी र राजावादीलाई आन्दोलन गर्न दिने जिल्ला प्रशासन र सुरक्षा दिन नसक्ने , सूचनाको पर्याप्त हेक्का नराख्ने ,सार्वजनिक सम्पत्ति एवम् जनताको सम्पत्तिको सुरक्षा दिन नसक्ने, आन्दोलनलाई दमन गर्ने ,पत्रकारको पेशागत सुरक्षा र चुनौतीलाई बेवास्ता गर्ने जस्ता कार्यले देशको प्रशासन सम्पूर्ण रुपमा फेल भएको छ ।
उक्त आन्दोलनकोे सम्पूर्ण जिम्मेवार राज्यले लिनुपर्छ । मान्छे मारिएका छन् , घाइते भएका छन् ! खै , मानव अधिकारवादी , खै नागरिक समाज ? बाेल्दैनन् त !! राजालाई बदनाम गराउन खोजेर उम्किन पाइदैन ।हाम्रो आन्दोलन जारी छ। हामी शान्तिपूर्ण आन्दोलनका पक्षपाती होैं । (अध्यक्ष, विश्व हिन्दु महासंघ । स्रोतः भण्डारीको फेसवुक)