
काठमाडौं । भारतको आसाममा पक्राउ परेका दुर्गा प्रसाईंलाई झापा ल्याइएको छ । उनलाई शुक्रबार बिहान आसामबाट झापा ल्याइएको हो ।
चैत १५ गते काठमाडौंका तिनकुनेमा राजतन्त्र पक्षधरहरूको हिंसात्मक प्रदर्शनका कमाण्डर प्रसाईं फरार भएका थिए । उनलाई आजै झापाबाट आजै काठमाडौं ल्याउने प्रहरीले तयारी गरेको छ तिनकुनेमा भएको प्रदर्शनमा हिंसा भड्किएपछि प्रसाई भागेर भारत पुगेका थिए ।
तर, उनले भिडियो पोस्ट गर्दै आफू नभागेको बताउँदै आएका थिए । तिनकुनेमा प्रदर्शनले हिंसात्मक रुप लिँदा दुई जनाको मृत्यु भएको थियो भने निजी तथा सार्वजनिक सम्पत्तिमा तोडफोड र आगजनी भएको थियो ।
प्रसाईंलाई काठमाडौं ल्याएर संगठित अपराध, राज्यविरुद्धको कसुर, अपराधिक उपद्रव लगायतका अभियोगमा अनुसन्धान गर्ने प्रहरीको तयारी छ ।