+

ब्राजिलियन लिजेण्ड फुटबलर रोबर्टो कार्लोस काठमाडौँमा

९ बैशाख २०८२, मंगलवार ०४:५२

काठमाडौं । ब्राजिलियन लिजेण्ड फुटबलर रोबर्टो कार्लोस काठमाडौँ आइपुगेका छन् । जारी नेपाल सुपर लिग एनएसएल फुटबल हेर्न उनी नेपाल आएका हुन् ।

मंगलबार एनएसएल आयोजकले रोबर्टो कार्लोसलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् । कार्लोसले नेपाल आउँदा खुशी लागेको बताए ।

उनले बुधबार हुने नेपाल सुपर लिगको बुधबार हुने खेल हेर्ने आयोजकले बताएका छन् ।