काठमाडौं। आठौं शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ।
काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा शनिबार भएको उपाधि भिडन्तमा नेपाल पुलिस क्लबले छ पटकको विजेता सशस्त्र प्रहरी बल (एपिएफ) क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्यो।
पुलिस क्लबले एपिएफमाथि २५-१५, २५-२३ र २५-१६ ले पराजित गर्दै उपाधि जितेको हो। उपाधिसँगै पुलिसले ४ लाख ९९ हजार प्राप्त गर्यो भने उपविजेता एपिएफले २ लाख ५० हजार प्राप्त गर्यो। प्रतियोगितामा कुल ५ टोली को सहभागिता रहेको थियो।


