+

ठाकुर गैरहरुलाई प्रश्नः जनताले रोजेका राजालाई कारवाही गर्ने ल्याकत छ ?

१४ बैशाख २०८२, आईतवार ०७:२५

टिप्पणी ।
भनाई नै छ, आफ्नो आँगमा भैसी हिडेको नदेख्ने, अर्काको आँगमा जुम्रा हिडेको देख्ने । प्रतिनिधि सभाका सदस्य तथा नेकपा एमालेका नेता ठाकुरा गैरको प्रतिनिधि सभामा बैशाख १४ गते आईतवार व्यक्त गैरजिम्मेवार अभिव्यक्तिले यही कहावतको पुष्ट्याई गर्दछ ।

सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेका सांसद ठाकुर गैरेले पूर्वराजा ज्ञानेन्द्र शाह र संवाद सचिव डा. फणिराज पाठकलाई कारबाहीको माग गरेर फेरि एकपट्क जग हसार्ई गरेका छन । सत्तामा दिनहुँ नाँगो बादशाहका रुपमा बदनाम हुदैछन साँसद गैरेकै पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केप ीओली अनि ओलीको पतनोन्मुख सत्ताको हुट्टियाउँ बन्न ठाकुर गैरेहरु विषयान्तर गरेर पूर्वराजा र राजाका सचिवहरुमाथि विषवमन गर्दैछन । आफ्नो सत्ता र नेतृत्वका तमाम शासकीय भुलहरुलाई जनताले सडकबाट दिनहुँ प्रतिवाद गर्न थालेपछि राजालाई गाली गरेर जनताको ध्यान डाईभर्ट गर्ने शिवाय यो अरु हर्कत पनि हैन नै ।

शनिबार राजाका संवाद सचिवको रुपमा डा. फणिराज पाठकले संवेदना वक्तव्य जारी गर्नु नै आजको दिनमा माननीय गैरले गैरकानुनी लागेछ । यही नै अहिलेको महानतम समस्या लागेछ । काम कुरो एकातिर कुम्लो बोकी खै कतातिर भने जस्तै ठाकुर गैरेहरु नेपाली समेतको ज्यान लिएको जम्मु कश्मिरको आतंकवादी हमलामा संवन्धित पूर्व राजाको सन्देशबाटै तर्सिएको उदाहरण मात्र हो यो ।
धर्मलाई अफिम मान्ने साम्यवादी दर्शनबाट दीक्षित दस्ताका साँसद गैरहरुले कश्मिर घटनामा पूर्व राजाको समवेदना व्यक्त गर्ने र अमानवीय अक्षम्य अपराधको विरोध गर्ने न्यूनतम मानवाधिकार र अभिव्यक्ति स्वतन्त्रतामाथि प्रश्न उठाउने को हुन ? कुन विशेष प्राधिकार साँसद गैरहरुसंग मात्र छ र उनीहरु राजाको अपराध विरोधी तथा मानवीय समवेदनमाको सन्देशमाथि प्रश्न उठाउने ल्याकत राख्छन ? खासमा ठाकुर गैरहरुको हकमा उनीहरुलाई प्राप्त माननीय पदकै यो चरम उपाहास मात्र हो ।

ठाकुर गैरलाई ‘श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट बक्सेको संवेदना सन्देश’ लेखिएकोमा आपत्ति भएछ । तर उनलाई एक महिना देखि बानेश्वर सडकमा शिक्षा ऐन मागिरहेका गुरुहरुको शान्तिपूर्ण आन्दोलनप्रति सहानुभुति पलाएनछ । संसदमा सरकारको ध्यानाकर्षण गर्ने विषय शिक्षक आन्दोलन वा आवासिय चिकित्सक आन्दोलन लगायतका अन्य तह र तप्काका आन्दोलन आदिलाई नदेख्नु उनीहरुको दृष्टि दोष नै हो । २०४६को परिवर्तन यता निरन्तर कुनै न कुनै रुपमा सत्तामा रहेका एमालेका साँसदहरुलाई यस्तो सडक आन्दोलन नदुख्नु, नदेख्नु भनेको भदौंमा आँखा फुटेको गोरुले सधै हरियो देख्नु भन्या जस्तै मात्रै हो । जनजनको समस्या नदुख्ने र नदेख्ने गैरेहरुलाई महाराजाधिराजको वक्तव्य मात्रै सरकारले कारवाही गर्ने विषय हुनुले स्पष्ट पार्छ ठाकुर गैरेहरु असफल ओली सत्ताको खातिरदारीका लागि अन्टसन्ट बोलेर सस्तो प्रचारबाजीमा रमाउन मात्रै यस्ता बेतुकका टिप्पणी गरेर संसदको महत्वपूर्ण समयको हुर्मत लिईरहेका छन । यस्ता बेमौसमी टिप्पणीले थप सुरुवाल खुस्किने बोल्नेहरुकै, सत्ताका टाउकेहरुको मात्रै हो ।

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा राजाले श्री ५ महाराधिराज लेख्न नपाइने साँसद गैरेको आग्रह रहेछ । जनता गैरजस्ता गैर जिम्मेवार माननीयलाई प्रतिप्रश्न गर्न चहान्छन, राजाले महाराजाधिराज लेख्न पाउने छैन्न भनेर नेपालको संविधान २०७२ को कुन धारामा लेखिएको छ त ? संसदले त्यस्ता कानुन बनाएको छ की ? संसदीय परम्परा वा अभ्यास छ ? राजा छन भने, राजसंस्था छ, राजसंस्था छ भने, त्यहाँ राजा छन । जब राजा छन भने महाराधिराज छन, रहन्छन । यो नेपालको विशिष्ट ऐतिहासिक धरातलीय यथार्थ हो ।

उ बेला राजाले लोकसम्मतिका आधारमा चल्ने शाहवंशिय परम्परालाई आत्मासात गर्दै पहिलो संविधान सभाको घोषणा कार्यान्वयन गर्न सहजताका लागि मार्ग प्रशस्त गरिदिएका मात्र हुन । राजाले श्रीपेच र राजदण्ड चिरकाल पर्यन्त सुरक्षित रहने गरी सरकारलाई राख्न दिएका मात्रै हुन ।

त्यसबाहेकको आधुनिक नेपालको रचनाकार शाह वंशको सम्पूर्ण बिरासत राजासंगै छ । देशमा राजा छन, श्रीपेच मात्र नलगाएका हुन । जनताले ज्ञानेन्द्र शाहलाई राजाकै रुपमा मान्यता दिएका छन । नपत्याए गत फागुन २५ मा राजाको स्वागतमा उर्लेको राजधानी काठमाण्डौंको जनसागर हेर्न ठाकुर गैरेहरुले समय दिनु पर्यो । फागुन २५ मा राजाको स्वागत गर्ने जनसागरलाई नै अनदेख ागर्ने हो भने ठाकुर गैरहरुलाई कठै शिवाय के भन्न सकिन्छ र ?

संसार साँक्षी छ, तत्कालिन परिस्थितिमा राजाले २०६५ जेठ १५ को पहिलो संविधान सभाको घोषणा कार्यान्वयनमा सघाउन मात्र जेठ २९ गते शान्तिपूर्ण रुपमा दरवार खाली गरिदिएर जनचाहना अनुसार चल्ने शाहवंशिय परम्पराको सम्मान मात्रै गरिदिएका हुन । राजाले पहिले पनि जनादेशको सम्मान गरे, त्यसयता पनि निरन्तर जनचाहना अनुसार मात्रै राजाको हर कदम र वक्तव्यहरु आएका हुन । वैशाख १३ को समवेदना वक्तव्य पनि त्यसैको निरन्तरता मात्र हो । तर, यो ओपन सेक्रेट तथ्यलाई हत्केलाले सूर्य छेके झैं ठाकुर गैरेहरुले छेक्ने घृष्टता गर्नु भनेको राजनीतिक अल्पज्ञान र बेमौसमी सत्ता चाकरी मात्र हो ।

ठाकुर गैरेहरुले किन बुझ पचाउदैछन की संविधानको सर्वोच्चताको ख्याल नगर्ने पहिलो नम्वरमा उनकै पार्टी नेतृत्वको सरकार नै छ नी हैन र ? संसदको सर्वोच्चता, संविधानको सर्वोच्चता र कानुनी राज्यको उपहास गर्न वर्तमान सत्तागठबन्धनलाई कसैले चुनौति दिन सक्छ र ? नागरिकको भावना बिपरित भ्रष्ट सरकारको नेतृत्व गर्ने, फरक मतलाई बुल्डोजर लगाउने,कुशासनको पर्याय बन्नु नै यो व्यवस्था र संविधानको खिल्ली उडाउनु, जरो काट्नु हो भन्ने ओपन सेक्रेट तथ्य ठाकुर गैरे जत्तिका राजनीतिक कखरा चिनेका ठानिएका माननीयलाई पनि हेक्का नहुनु भनेको त चरम सत्ताचाप्लुस प्रवृत्तिको द्योतक मात्र हो । के उनी छिटो यही सरकारमा मन्त्री हुन ओली रिझाउन यस्ता अनावश्यक र आधारहिन कुतर्क गर्छन, हो ?

पूर्वराजा ज्ञानेन्द्र शाह र संवाद सचिव डा. फणिन्द्रराज पाठकलाई कारबाहीको दायरामा ल्याउनुपर्ने सांसद गैरेको आग्रह त झन वैशाखे राजनीतिक हाँस्य प्रहर्शन मात्रै हो । के आधारमा कारवाही ? कुन संविधान, कानुन अनुसार कारवाही ? के अभियोगमा कारवाही ? आतंकवादको विरोध गरेबापत कारबाही की, मृतकप्रति समवेदना दिएको कारण कारवाही की ? बसुधैव कुटुम्वकमको माग गरेबापत कारवाही गर्ने ? जसका सिंग छैन्न, उसैका नाम तिखे भने जस्तै जुन पात्रको औकात छैन, उसैले कारवाहीको धम्की दिने ? यो त राजाको विरोध गरेर चर्चामा आउने खेलोमेलो मात्रै हो नी माननीय गैरको ।
सस्तो प्रचारका लागि काठमाण्डौं महानगरका चर्चित मेयर बालेन शाहले निर्मल निावसमा चिठ्ठी पठाउँदा बालेको बेलुन फुस्सा भएको आलोकमा अहिले ठाकुर गैरेहरुले राजा र राजाका संवाद सचिवलाई कारवाही गर्ने धम्की दिन भनेको पहिलो नजरमै खारेजभागी स्टन्ट हो । किन की राजा जनताका हुन । जनताले राजा मानेपछि ठाकुर गैरे वा एमालेहरुले राजाप्रति संसदको रोष्ट्रम, सार्वजनिक मन्च आदि दुरुपयोग गर्नु केबल बकवास हो ।
व्यूरो रिर्पोट, जिटिभी नेटवर्क, काठमाण्डौं ।