
काठमाडौं । राजावादीहरूको दोस्रो दिन शुक्रबार पनि काठमाडौंमा आन्दोलन जारी राखेका छन् ।
राजसंस्था पुनःस्थाना, हिन्दू राज्य र गणतन्त्र खारेजीको माग गर्दै उनीहरुले बिहीबारदेखि आन्दोलन सुरु गरेका हुन् ।
पहिलो दिन बिहीबार रत्नपार्कमा कार्यक्रम गरेका उनीहरुले शुक्रबार माइतीघर मण्डला र बबरमहल क्षेत्र केन्द्रित आन्दोलन गरिरहेका छन् ।
प्रदर्शनकारीहरू सडकमा भेला भएपछि माइतीघर र बबरमहल क्षेत्रमा सवारी आवागमन प्रभावित बनेको छ ।