+

पैसा धवल शमसेरले बाँड्यो, नविन समझदारी मिश्रको आयो, लिङ्देनलाई पर्नु पीर पर्यो

२८ जेष्ठ २०८२, मंगलवार १०:०९
सोम विक्रम सिंह ।(राजावादी आन्दोलनको सकस।)
राप्रपा र राप्रपा नेपालले राजसंस्था लाई‌ भरपुर प्रयोग गरेर भोट ब्याङ्क तयार पार्न खोजेको बिश्लेषण हुन थाल्यो। राजसंस्था नफर्के गणतान्त्रिक व्यवस्था रहिरहे अब आउने चुनावमा राप्रपा पत्ता साप हुने संकेत यसै बिश्लेषण बाट हुँदैछ। यसको विकल्प अबश्य आउने संकेत छ। आन्दोलनलाई झरी, पानी, बर्षा, खेतिपाती, रोपाइँ, बिकाशले छेक्ने भए चुप लागेर बसे भई हाल्यो नी।‌ पैसा धवल शमसेर ले बाँड्यो, नविन समझदारी मिश्र को आयो, लिङ्देन लाई पर्नु पिर पर्यो, यो अर्को बजारको हल्ला भयो। तसर्थ नै लिङ्देन चाहे आन्दोलनमा होस् चाहे आन्दोलनको मिटिङ मा होस्। संसदमा बिशेष काम छ भनेर हिंड्न हुन्थ्यो कि भर्खर संसदबाट आएको भन्नु हुन्थ्यो। उता नातीको बहस बिना पत्तामा किन जान्ने भएर थापा काजीले चलाएका हुन्? के हामी संसद बचाएर गणतन्त्र व्यबस्था ढाल्ने आन्दोलनमा लाग्या हौं र भन्या?
अब हृष्टपुष्ट बुढा बाजे सुवेदीले उहाँ राजनितीमा सुस्ताएर बस्दा राजसंस्था र धर्म संस्कृति लाई शिरमा राखेर अभियान चलाउने अभियन्तालाई चिन्ने चेष्टा गरेनन्। सत्ताको लागि ठुला ठुला रक्तपातपूर्ण पर्व भएको देश हो भन्ने बिर्सदैनौ।‌ घामपानी, रोपाइँ, जात्रापर्व तथा भोजभतेर ले कुनै आन्दोलन नरोक्किने तथा बेजोडको ज्वारभाटा उत्पन्न हुने आन्दोलनको नेतृत्व लिन सक्ने आउने आशामा छौं। राष्ट्रिय सरोकार मञ्च नेपाल ले कसैले साथ नदिँदा र राजा त के ठकुरीको नाम लिन समेत गाह्रो हुने समयमा राज परिवारलाई धर्म तथा मठ मन्दिरको बहानामा जनतासँग नजिक बनाउन शिरमा कफन बाँधेर निर्मल निवास बाहिर निकाल्ने अदम्भव शाहस गरेको पृष्ठभुमि छ।‌
जुन बेला धनयुद्धका धकधकी र गिरिजाको निरकुंश राज भएको समयमा रासम नेपालले एउटा शाहसिक निर्णय लिएर बिरगञ्जमा श्री ५ युवराजधिराज पारस बिर बिक्रम शाह देव सरकारको राजकिय भ्रमण सफलताको साथ सम्पन्न गरेको थियो। बमले उडाउने, टाईम बम फिट गर्ने, जिपिएमजजीले उडाउने र ग्रिनेड पड्काउने धम्कि र गृहमन्त्री सिटौलेले कार्यक्रम बिथोल्न सुरक्षा नदिने जस्ता अनेक तिगडम गर्दा पनि भिड्न परे भिड्ने भनेर अदम शाहका साथ शाही भ्रमणमा ठुलो भुमिका खेल्यो।
तत्पश्चात् राजपरिवारको हरेक राजकिय भ्रमणमा सुरक्षा लाई ध्यानमा राखेर रासम नेपालले आफ्नो कर्तब्य निर्वाह गर्यो।‌ अब पनि सत्यलाई साथ दिंदै पृथ्वि पथलाई शिरोधार्य गरेर रासम नेपाल वैदिक सनातन हिन्दु अधिराज्य तथा राजसंस्था पुनःस्थापना को लागि कर्मनिष्ठ भई प्रतिबद्धता र कटिबद्धता साथ आफ्नो धर्म निभाउने नै छ।‌ जय कर्मनिष्ठ।‌ ॐ जय श्री शिव गोरख। जय गोरखकाली। जय मुक्ति अभियान (सिंह राष्ट्रिय सरोकार मञ्चका केन्द्रीय अध्यक्ष तथा राष्ट्रिय शक्ति नेपालका प्रवक्त्रा हुन ।)