+

राजाको कुनै वाद हुन्न राजसंस्था राष्ट्रवादी शक्ति भएको संस्था हो

३ भाद्र २०८२, मंगलवार १६:१४

सोम विक्रम सिंह, अध्यक्ष, राष्ट्रिय सरोकार मञ्च नेपाल ।

रासम‌ नेपालको‌ संगठन निर्माण भएसँगै आएको एउटा सु-बिचार थियो। हामीलाई‌‌ दरवार बाट परिचालित को ट्याग भिराईन्छ भनेर नै रासम नेपालले २०६२/६३ लगत्तै हामी राजावादी होइनौ किन कि राजाको कुनै वाद हुन्न राजसंस्था राष्ट्रवादी शक्ति भएको संस्था हो तसर्थ हामी राष्ट्रवादी हौं तथा हामी संचालित होइनौं स्वचालित हौं भनेर उद्घोष गरेका थियौं। तत्कालिन समयको रासम नेपालको बिचार विस्तारै सवैले बुझेर बोक्दैछन्। खुसि लाग्छ, ढिलै भएपनि सत्य साश्वत हुँदैछ।

सो समयमा हामीले राजसंस्थाको राष्ट्रिय झण्डा भने कै सुर्य चन्द्र अङ्कित राष्ट्रिय झण्डा भएकोले सम्पुर्ण राष्ट्रवादी शक्ति राष्ट्रिय झण्डा अन्तर्गत आउनुपर्छ, पार्टी झण्डा मुनि कुनै राष्ट्रिय आन्दोलन हुन सक्दैन भनेका थियौं। राजसंस्था को आफ्नै झण्डा हुन्छ तर सम्पुर्ण राष्ट्र र जनतालाई नेतृत्व गर्ने राष्ट्रिय झण्डा मुनि नै राजसंस्थाले आफैलाई ओगटेको हुन्छ भन्ने बुझाउन हामीलाई दुई‌ दशक बढि समय लागेछ।

राजसंस्था को सदस्यको ६२/६३ लगत्तै सवारी चलाउने अभिभारा बोकेको राष्ट्रिय सरोकार मञ्च नेपाल ले तत्कालिन समयमा विभिन्न पार्टीका झण्डा बोकेर आउने घुसपैठ सँग लड्न धेरै नै शक्ति प्रयोग गर्न परेको थियो। अन्तमा हार खाएर सवारीमा सम्मिलित हुने तर कुनै आयोजना को मुख्य भुमिकामा नरहन बाध्य भएका थियौं।

हाम्रो बिचार अन्तत्वगत्वा सबैले‌ अनुकरण गर्न थालेका छन्। दरवारले समेत यसलाई बुझ्न थाले नत्र पार्टी नभई हुन्न भन्ने भान थियो, जसलाई चिर्न हाम्रो अथक प्रयास रह्यो। आज हामीलाई खुसी लागेको छ, पार्टी झण्डा मुनि कुनै राष्ट्रिय आन्दोलन हुन्न भन्ने र राजावादी भन्ने कुनै वाद हुन्न भन्ने मान्यता बल्ल स्थापित हुने क्रम जारी हुँदैछ। जय कर्मनिष्ठ। जय मुक्ति अभियान। ॐ जय श्री शिव गोरख। जय गोरख काली।

हरे! गाईजात्रा, ब्लु डायमण्ड एलजिटिक्युपि प्लसको प्राईड परेड

हरे! गाईजात्रा भन्ने गरेको त शायद नेपाली ले नसुनेको कमै होला‌। पितृ शोकको रूपमा मनाईने गाईजात्रा एउटा समाजमा व्यङ्ग गर्ने एउटा पर्वको रूपमा पनि मनाईन्छ। हास्यव्यङ्ग्य कलाकारहरु ले देशको प्रमुख देखि राज्य संयन्त्रको प्रमुखलाई राखेर कटु आलोचना र व्यङ्ग गर्दै अनेकौं दोषारोपण गर्दा पनि लाज पचाएकाहरू मुसुमुसु हाँसेर बसेको देख्दा अचम्म लाग्छ।

गाइजात्रा को पवित्र पर्वलाई ब्लु डायमण्डले एलजिटिक्युपि प्लसको नाममा प्राईड परेडको रूपमा परिणत गरेर हाम्रो‌ पहिचान र सभ्यता माथि ठाडो हस्तक्षेप गर्दै छ भन्ने हेक्का राख्न पर्दछ। गाइजात्रा मा निकालिने पितृको सम्झनामा गाइ र अन्य प्रतिक स्वरूपलाई फ्रि वर्ल्ड सोसाईटीले हाम्रो सभ्यतालाई नै ओझेलमा पार्दै प्राईड परेड निकालेर नेपाललाई रेन्बो सोसाईटीको राजधानीको रूपमा स्थापित गर्ने ठुलो कुचेष्टा देखि हामी सचेत हुन जरुरी छ। गाइजात्राको महान पर्व मा सम्पुर्ण सनातनी नेपाली लाई हार्दिक मंगलमय शुभकामना।

आफन्त गुमाई शोक मनाएर बसेका नेपाली जन प्रति भावपुर्ण समवेदना। गाइजात्रा मा हास्यव्यङ्ग्य मार्फत दलाल तथा दास र भ्रष्ट सामाजिक कुत्व प्राणी को कुकर्म को पर्दाफास हुँदा सम्म लाज पचाएर मुसुमुसु हाँस्ने अराष्ट्रिय तत्वलाई सामाजिक बहिस्कार गरि तिनीहरूको समाजमा गाइजात्रा हुने गरि सँजाय दिई नेपाल आमालाई सुखि र खुसि राखौं। ॐ जय श्री शिव गोरख। जय गोरखकाली। जय कर्मनिष्ठ। जय मुक्ति अभियान।

जय कर्मनिष्ठ।

यो देशमा भ्रष्ट तथा दलाल, विदेशीको इशारामा चल्ने भरिया तथा दास, बिदेशीको गुलामी तथा लम्पसारवादी र कुकर्मको फाईल भारी भएको सामजिक कुतत्वको मुहार फेरिन्छ देशको‌ होइन।

यस्तो कुरा पनि मासुभाते जन्तुले कहिल्यै बुझेन तथा देशलाइ काँडा बिजेको बुझेन। धिक्कार! जनै र रक्षाबन्धन ले देश र सनातनीको‌ रक्षा गरून्। आज क्वाँटी खाने चलन छ, सनातनीलाई क्वाँटीको तागतिलो झोलले दिर्घजिवी बनाओस्।आज ऋषितर्पणी! सम्पुर्ण सनातनी रिसर्चरहरू‌ प्रति हार्दिक नमन। जसले हामी सनातनीलाई जिवन जिउने कला सिकाए, जिवनको महत्व मात्रै नभई‌ सम्पुर्ण ब्रम्हाण्ड को रहस्य बताए, संस्कृत, संस्कार र संस्कृति तथा धर्मको महत्व सुझाए।

भलै मात्तिएर अहिले हामीले बिर्स्यौं होला। सम्पुर्ण सनातनी लाइ जनै पुर्णेको हार्दिक मंगलमय शुभकामना। जय कर्मनिष्ठ। ॐ जय श्री शिव गोरख। जय गोरखकाली। जय मुक्ति अभियान।