काठमाडौं । तीनकुनेमा झुण्डिएको अवस्थामा महिला र पुरुषको शव फेला परेको छ।
एउटै पासोमा झुण्डिएको अवस्थामा दुई जनाको शव फेला परेको प्रहरीले जनाएको हो।
अन्दाजी ३०–३५ वर्षका महिला र पुरुषको शव भेटिएको प्रहरी वृत्त नयाँ बानेश्वरका डीएसपी हरि खतिवडाले बताए। उनीहरूको सनाखत हुन सकेको छैन।


