+

राजाः की दर्शन देउ, कि बिदा देउ

३० भाद्र २०८२, सोमबार १७:३८

विचारः 
सोमविक्रम सिंह ।

ए राजा दर्शन भेट देउ

कि त यहि सामाजिक सञ्जालमा जवाफ देउ

होइन भने बाटो खुलाई देउ‌।

२२ बर्षको अन्तरालमा सरकारलाई मठ मन्दिर र बाटोमा मात्रै भेटियो। सरकारको‌ बाहुलीबाट दशैंमा टिका लगाईयो र जन्मदिनमा शुभकामना टक्राईयो। २०६२/६३ को आन्दोलन लगत्तै सम्पुर्ण राजसंस्था को सदस्यको सवारी चलाउने अहम भुमिका मात्रै होइन कि जिवनलाई आहुती दिनै परे दिउँला र ज्यान हत्केलामा राखेर भए पनि बिषम परिस्थितिमा सवारी चलाएर घर घरमा राजा शोसक सामन्ति होइन राष्ट्रको‌ जिवन पद्धति हो भनेर जन जागरण गरियो।

आजको दिन सम्म पनि सरकारकै कर्मचारीले जे भने त्यहि पत्याएर हिंड्न पर्ने भनेपछि हामीले अरूले जति पनि राजसंस्था को‌ लागि‌ काम नगरेको रहेछौं भन्ने‌ प्रमाणित भयो। अझै धेरै काम गर्न बाँकि हो भने राजसंस्था फर्किने झिनो आशाको त्यान्द्रो यो भनेर देखाउ नत्र हामीले आफनो भबिष्य कसरी कोर्ने भनेर छलफल गर्ने बाटो खुलाउ।

२०६० साल देखिको निरन्तरता लाई न राजाले पत्याए न जनताको माझ पुग्न सक्यौं, कमजोरी हाम्रै भयो, यो स्विकार छ। तर हामीले पनि जेन्जी पुस्ता र अल्फा पुस्तालाई अल्झाएर राख्ने महापाप गर्नु भएन, एक्स र वाई पुस्ताको त समय सिद्धिसक्यो। तसर्थ हे प्रभु! आगामी कार्यक्रम कर्मचारी मार्फत हावाको कुरा पत्याईरहन पर्ने बाताबरण बाट मुक्त गराई देउ।

सवैभन्दा ठुलो गल्ति हामीले लप्पन छप्पन गर्न सकेनौं, छलकपट हाम्रो रगतमा भएन। सोझै बोलियो सिधै बोलियो। प्रभुको नाम बेचेर पैसा उठाएर घरजम गर्ने संस्कार हाम्रो रहेन। हुनत त सरकारको पत्याईको‌ लिष्ट मा त्यस्तैको बर्चश्व छ। कर्मको आश नगरेर कर्मनिष्ठ भई मुक्ति को लागि कर्म गरियो। तर कर्मको फल फल्ने दुरूस्त रूख नरोपेको पो हो कि भन्ने भान हुन थालेको छ‌। बारम्वार चिरनले सजग गरे झैँ राजालाई गाली गर्दा सुर्य दोष लाग्छ भनेर सौम्य भाषामा कालो है सरकार त्यो हजुरको पाउमा घिउ धस्नेले भने झैँ सेतो होइन भनेर प्रोटोकल मिचेर नै भए पनि लेखेर राख्ने कुचेष्टा गरें।

लेख पढ्ने हजुरका राजावादीले जिब्रो टोक्दै सहि लेख्या भनेर कमेण्ट गर्ने दुस्साहस नराखे पनि फोन र मेसेजमा स्यावासी नै दिन्थे। यो कुरा प्रभुको मा कहिले पुगेन, हामीले सहि बाटो यो भनेर आफै विश्लेषण गर्यौं, प्रभुको बिग्यप्ती मार्फत आएको मनन गर्दै। जहिल्यै बिग्य्प्तिलाई आधार मानेर स्वागत कार्यक्रम राख्ने, र्याली गर्ने, कोण सभा गर्ने र दिप प्रज्वलन गर्ने र प्रभुको महत्वपूर्ण भनाईलाई हाईलाइट गरेर कार्यक्रम दिने अग्रपंक्तिमा राष्ट्रिय सरोकार मञ्च नेपाल नै हुन्थ्यो।

हामी राजसंस्था प्रति आस्था राख्ने मुलुक तथा मुकुट भक्त, राजभक्त तथा देशभक्त ले अन्तिम झिनो आशा प्रभूको मा निहित छ भन्ने बुझेका छौं। हामी सनातनी हरूको‌ मुद्धा तुहिन नदिन र देश बचाउन सरकार कदम चालिबक्स्योस्। यो‌ म लगायत तमाम राजभक्त संघ, संस्था, संगठन, राष्ट्रिय सरोकार मञ्च नेपाल परिवार र प्रभुको भक्तको जिग्यासा मैले जाहेरी गर्ने दुस्साहस गरें। झिनो आशा छ भने खबर पाउँ है सरकार! माफ पाउँ प्रभु। दर्शन। जय कर्मनिष्ठ। जय मुक्ति अभियान। ॐ जय श्री शिव गोरख। जय गोरखकाली।