
सोम विक्रम सिंह, अध्यक्ष, राष्ट्रिय सरोकार मञ्च, नेपाल ।
जेन जी को मुद्धा सिजी( तामाङ्ग भाषामा सिजी भनेको मर्यो अर्थ लाग्छ) भएकै हो त?
जेन जी भनेको के, कसो र कसले चलाएको हो भन्ने हल्ला चल्न थाल्यो। जेन जी बिदेशीको एजेण्ट भन्न सम्म भ्याए। जेन जी ले सेप्टेम्बर ८ मा सरकारको विरोधमा जम्मा हुन आव्हान गर्यो। जेन जीलाई शायद थाहा पनि थिएन के गर्ने, कसरी आन्दोलन गर्ने वा कसको साथ हुन्छ भनेर। राज्य को सबै तर्फबाट टिकाटिप्पणी आईरहेको थियो, जनतामा विश्वास थिएन के हुन्छ भनेर तर जानुपर्छ भन्ने आत्मा बिश्वाश चाहिँ थियो। जेन जी को अर्थ बुझ्न सकिरहेका थिएनन्। जेन जी भनेको “Gen Z” अङ्ग्रेजी मा Gen Z” अर्थात Z लाई हामीले जेट उच्चारण गर्छौं भने अमेरिकामा जी उच्चारण गर्छन्। यो कुनै संघसंस्था, कार्यलय, व्यापार संगठन वा पार्टी होइन। यो कुनै प्रशिक्षित कार्यकर्ताको संगठन पनि होइन, Gen Zले पुस्ताको प्रतिनिधित्व मात्रै गर्छ। खासमा बाजे, बराजु, बुवा र छोरालाई पुस्ता मान्ने गरिन्छ। तर दोस्रो विश्वयुद्ध पछि राजनितीक रूपले देश बिकाश गर्न, समृद्धी ल्याउन, देशको सुरक्षा निती बलियो गर्नको लागि पुस्ता छुट्टाईने काम भयो। धेरै जनसंख्या लडाईँमा नष्ट भएको हुनाले जनसंख्या लाई उकास्न तथा बृद्धि गर्नको लागि राज्यले नै जनजागरण तथा अन्य प्राविधिक सहयोग को लागि निती बनाएको थियो। त्यहि समयमा नै बेवी बुमर्स भनेर पुस्ताको नामाकरण गरिएको थियो।
Generation Born Current Ages.
Gen Z- 1997 – 2012 13 – 28
Millennials – 1981 – 1996 29 – 44
Gen X – 1965 – 1980 45 – 60
Baby Boomers 1955 – 1964 61 – 70
(Generation Jones)
समाजमा जेन जी लाई खतरनाक रहेछ भने कसैले आतङ्कारी पनि भने। हुँदा हुँदा केपिले प्रधानमन्त्री जस्तो गरिमामय पदमा बसेर यो जेन जी भनेको भ्रष्टचार को जगमा उफ्रिन लागेको हुल्लड समुह हो भनिदिए। हुन त माननीय तथा सम्माननीय शब्द त साह्रै हलुका बनाएका छन् यी भ्रष्ट तथा बिदेशीका दासहरूले। केपि मा राष्ट्रवाद वा देशभक्त अरूले जस्तै हामीले पनि देख्थ्यौं। देशभक्त नै सोचेर मैले उखानेको सम्मानमा लेख पनि लेखें। तर उहाँ देशभक्त भन्दा कुर्सि भक्त रहेछन्। कुर्सिको लागि मार्न देखि कपटी गर्न हरदम तयार हुने र राष्ट्रवादको खोल ओढेर लिपुलेकको नक्सालाई आफ्नो निजी स्वार्थ मा प्रयोग गर्दा रहे। लिपुलेकको नक्सालाई ललिपप बनाई जनता झुक्याउने काम गरे भन्ने पुष्टी भयो। हुन त कुर्सीमा बस्न को लागि कस्तो कस्तो राष्ट्रघाती काम गरे यी बिदेशीका गुलाम पार्टीका नेताहरूले त्यो ईतिहासको पन्नामा यिनका देशद्रोही कार्य लेखेर पनि अट्दैन। तर के गर्नु जनता जन्तु भई मासुभातको पछाडी दौडिए पछि ईन्द्रको बाउ चन्द्र नै आएपनि केहि नलाग्दो रहेछ।
जेन जी ले शान्तिपुर्ण पैदल यात्रा को आव्हान गर्नु भन्दा ठिक तिन महिना अघि (जेष्ठ १९ पछि) राष्ट्रिय सरोकार मञ्च नेपालको केन्द्रीय सदस्य वेबिसा भण्डारीले एउटा कुरा भनेको स्मरण गर्न चाहन्छु। बिभीन्न समयमा तोकिएको कमाण्डरको आव्हान बाट हुने आन्दोलनले केहि हुने वाला छैन, जे गर्छ अब जेन जी ले गर्छ। प्रति प्रश्न गरें र भनें जेन जीले के गर्छ, पव्जी खेल्छ, फ्रि फायर खेल्छ त्यो भन्दा के गर्छ? शायद प्रायले आ-आफ्नो घरमा जेन जी पुस्ता त्यस्तै गतिबिधि मा देखेको कारणले मेरो सोचाई त्यहि रह्यो। तर उनको सरल भनाई थियो जेन जी ले सोचे जस्तो अन्य पुस्ताले त्यो सोच्दैनन्। जेनेरेसन ग्याप भने झैं त्यो पुस्ता को दिमाग ले के सोच्दै छ त्यो हामीले सोच्न सक्दैनौं। अगाडीको पुस्ताको सोचाइ भिन्न भएता पनि आउने परिवर्तन जेन जी बाट हुन्छ भन्ने प्रष्ट भनाईँ थियो। शायद! साँच्चै बोलीमा सरस्वती को बास थियो। न त्यो बेला जेन जी बारे केहि जानकारी, लहड र बहस नै चलेको थियो। एक्कासी जेन जी भनेको के हो भन्ने बहस चल्न शुरू भयो। उनलाई राजसंस्था प्रति आकर्षण भएर लाग्ने जेन जीका युवाहरूलाई समेटेर गोलबद्ध गर्न सल्लाह दिएँ। तर समय र प्रबिधिको पावन्दिले गर्दा ठोस बस्तुगत ढंगले अगाडि बढेन। जे होस्! पुस्ताले परिवर्तन गरेरै देखाए तर के त्यो परिवर्तन खोजेको झैं भयो त?
झण्डै ५/६ बर्ष अगाडी देखि नै मेरो लेख विचार र फेसबुक स्ट्याटस जेन जी ले चलाएकै अभियान झैँ लगातार आईरहेको थियो। यो जेन जी ले ल्याउने उथलपुथल शायद अहिले अहमता र घमण्डले भरिएको शासकले हेक्का पनि गर्न सकेको थिएन। तर जसरी पापको घडा भरी सकेको थियो, अति होइन अत्याचार तथा आतङ्क भइसकेको थियो, सहनशीलता गुमाई सकेका थिए। जसरी युवाहरूले धैर्यको सिमा गुमाइसकेका थिए, एकदिन ज्वारभाटा निस्कने छ, युवा जाग्ने छन् दलाल तथा भ्रष्ट ले लुकाएको धन खरानी हुनेछ र स्वाहा हुनेछ अचम्म लेखे झैं भयो।
यो जेन जीले ल्याएको परिवर्तनको लाभ कुर्सीमा बस्न र जेन जीको परिबर्तन लाई हाईज्याक गर्ने सक्ने समुह ले जेनजी को माग सम्बोधन मात्रै होइन कि उनिहरूको एजेण्डा अनुरूप हिंड्न पर्ने हो। तर हिजोआज तोडफोड तथा आगजनी र भौतिक क्षतिको मुद्धा उठाएर जेन जीको आन्दोलनको गरिमालाई क्षती पुराउने प्रयास भई रहेको देखिन्छ। जेन जी आन्दोलनमा सहादत प्राप्त गरेकालाई शहिद घोषणा हुने र घाईतेलाई स्वास्थ्य उपचार गर्ने तर त्यसको ठिक बिपरित अन्तरिम सरकारले जेन जीले भौतिक क्षती पुरायो भन्ने किसिमको घुमाउरो भाषा प्रयोग गर्नुमा कति को उचित होला?
भौतिक संरचना को कुनै पनि हालतमा आगजनी हुनू र तोडफोड हुनू बिडम्बना नै हो। गर्नु हुन्थेन र यो साह्रै अनुचित पनि हो। सेनाको बुझाईमा भौतिक संरचना फेरि उठाउन सकिन्छ तर कुनै मानवको क्षतिलाई परिपुर्ति गर्न सकिन्न। तर त्यो लेभलको जनतामा आक्रोश आएको छ र फ्रष्ट्रेसनको लेभल अत्याधिक मात्रामा बढेको छ भन्ने कुरा न त सुरक्षाकर्मीले बुझ्ने सके न महाघमण्ड रावणरूपी केपि र तिनका आसेपासेले। आगोमा घिउ थप्ने ती आतङ्कका दुसरा नाम प्रचण्डको त के कुरा? त्यसैमा पेट्रोल रूपी देखिएका देउवा दम्पति र तिनका भरियाको त कुनै कुरा नगर्दा बेस होला। यी शासकको दम्भ र पेलाई त ६२/६३ को आन्दोलन पछि प्रष्ट रुपमा देखिँदै आएको थियो। राजालाई फाल्ने शक्ति आम्मा मा, यिनको घमण्डको पराकाष्ठा धेरै सहेरै बसेका हुन्, नेपालीले। तर यिनका मालिकको कतिको कनिका सरी दानापानी खर्च भएको घिच्नेलाई कसरी थाहा हुनू?
२०४६ साल आन्दोलन पश्चात तिनका कमाण्डर छोइ नसक्नु थियो। तिनका दम्भ र घमण्डतालाई कसैलाई रोक्ने र छेक्ने आँट गर्न कसैको हिम्मत थिएन। जेन जी द्वारा घोषित आन्दोलनका दिन प्रम को प्रस्तुती सो बैठकमा उपस्थित सुरक्षाकर्मी तथा सरकारी कर्मचारी लाई असह्य नै थियो। सुरूवाल को पोको झुण्ड्याएर उपरखुट्टी लगाएर र बोल्ने तौरतरिका हो कसैलाई कुसंस्कार नै लागिरहेको थियो। आन्दोलनको पहिलो दिन मात्रै होइन दोस्रो दिन पनि केपि को सुरक्षा बैठकमा राष्ट्रिय अनुसन्धान विभागका चीफ साहेबको ब्रिफिङ्ग उदेक लाग्दो नै थियो। प्रधानमन्त्री ज्यु! केहि हुन्न, सबै राम्रो छ। साना बच्चाले गरेको आन्दोलन लाई नजरअन्दाज गर्नु एक कुरा होला तर पार्टीले भर्ति केन्द्र बनाइएको राअको अबस्था साह्रै नाजुक नै छ भन्दा अत्युक्ति नहोला।
पञ्चायतकाल मा गुप्तचर विभाग भनेको एकदम सहि सुचना सङ्कलन गर्ने र अराष्ट्रिय तत्व को सातो लिने खालको थियो। तर अराष्ट्रिय तत्वले पञ्चायत ढाले पछि गुप्तचर विभागको नाम मात्रै परिवर्तन गरेनन् यसको काम गर्ने तौरतरिका परिवर्तन गरे र पार्टीका झोले झाम्पट लाई पाल्ने थलो बनाए। नतिजा तिनका सुचनालाई आधार मान्दा प्रम चिल्लै भएर चिप्लिएर भोटे माछा झैं पछारिए। हुन त नेपालमा काउन्टर ईन्टलिजेन्स व्युरो दरबारबाट सञ्चालन थियो ईण्डिया को दवावमा तिनका भरिया हरूले पाउभक्ति देखाएर विस्थापित गरेरै छोडेे। धेरै कारण मध्ये सहि सुचना प्रमको मा प्रवाह नहुनू पनि अर्को ठुलो चुनौती थपियो, आन्दोलन कता जान्छ भनेर। पछि बिरालोको घाँटीमा घण्टी झुण्ड्याएर छोडे जेन जी आन्दोलनले।
त्यत्रो आन्दोलनमा देशले ठुलो भौतिक संरचना ध्वस्त भएपछि आर्थिक भार व्यहोर्न पर्यो। भ्रष्ट तथा दलाल नेता, पार्टी कार्यलय, कि पार्टीसँग नजिक भएका विवादित व्यापारी, तिनकुने घटनामा डिप फेक भिडीयो भनेर जनता चिढाउने प्रहरी, अत्यन्तै विवादित रहेको पैसामा बिक्ने न्यायलय, जहिले काण्डवाला फाईललाई राजनितीक अभिष्ट पुर्ति गर्ने अख्तियार, भ्रष्ट नगर तथा गाउँ पालिका र सिंह दरबार जल्नु मा कसरी अचम्भित हुनू? सरकारी भौतिक संरचना जल्नु मा सबैको चिन्ता र आक्रोस छ। तर स्थिती, समय, परिस्थिति र बाताबरण नै त्यस्तै देखियो, जन आक्रोसको अगाडी कसैको केहि लागेन। त्यत्रो बिध्यार्थी ले सहादत प्राप्त गर्यो, अङ्गभङ्ग भए। अन्तत्वगत्वा विजय प्राप्त गरे बेवी बुमर्सले। कसरी जेन जीको कर्मको फल प्राप्त गर्ने अहोभाग्य बेवी बुमर्सको पुर्पुरोमा पुग्यो त?
आन्दोलनमा सरिक हुने आव्हान को समयमा नै राज्य का सवै सुरक्षा अङ्ग कन्फ्युज थिए। कसले, कसको बलमा, किन र के को लागि हुँदैछ त आन्दोलन? को हो त खास जेन जी का नेतृत्व? कस्ता छन् त जेन जी का नेतृत्व? बाहिर बीस बाईस वटा जेन जी हामी नै हौं भन्ने देखिएता पनि आर्मी हेडक्वार्टरमा पाँच थरी जेन जी पुगिसकेका थिए। सेना धेरै भयो भन्ने र किर्ते गरेर जेलबाट निस्कने पार्टीका नेता रिजेक्टेड भईसकेका थिए। चिफ साहेब भेटुम्न भनेर सेनाको हेडक्वार्टरमा धर्ना कस्न पुगेका राजाको कमाण्डर पनि नो चान्सको लिष्ट मा थिए। भलै फेरि सेनाले स्कर्टिङ्ग गरेर भद्रकाली लग्योे भनेर अफवाह फैलाएता पनि उनको भाग्यमा केहि थिएन। राजभक्त तथा राष्ट्रभक्त जो राजसंस्था राष्ट्रवादी शक्ति हो भनेर अभियानमा लागेका कारण वालेन र जेन जी नेतृत्वको दलित लिष्ट मा परिसकेका थिए। राजसंस्था फर्किने ठुलो अवसर आयो भनेर समसमायिक राजनितीको भेउ नपाउने राजावादी भनाउँदा जमातले झण्डै दिप प्रज्वलन गरिसकेका थिए। राजसंस्था पुनर्स्थापना को अभियानमा लागेका कुनै पनि नेताहरु लगाउँदा हरूको सम्पर्क सेना तथा कुनै सुरक्षा अङ्गसँग भईरहेको थिएन।
यता सरोकार मञ्च प्रमुखको नाताले प्रत्येक घण्टामा राजनितीक परिवर्तन को जानकारी लिंदै सम्बन्धित स्थानमा सम्पर्कमा बसेका थियौं। राजसंस्था र हिन्दु अधिराज्य को पुनर्स्थापना मा अहम भुमिका निभाउन सक्ने सामर्थ्य हामीमा थिएन, बाहिरी हस्तक्षेप को कारणले गर्दा। जसो होला टरेर जाला, केहि गर्न सकिने माहौल भएन भन्ने दिक्दारीमा थियौं। तर अकस्मात सरकार गठन भएपछि केहि भएपनि आशा पलाउँदै आयो।
सरकार बनेपछि जब तिल्मिलाएका भ्रष्ट पार्टी एक भए, तिनको एउटै रोदन थियो, हामी ढलेको पार्टी कार्यालय फेरि हिजो को भन्दा भव्य बनाउँछौं। हामी अव पार्टी लाई अझ सशक्त र प्रभावकारी बनाउँछौं। न भड्खालो मा गएको देश उकास्ने कुरा छ, न त भ्रष्टाचार नियन्त्रण तथा निर्मुल गर्ने कुरा छ, नत पुस्ताले खोजेको रचनात्मक प्लाटफर्म को निर्माणको सम्बोधन छ, न त विदेशिन बाट रोक्न रोजगार तथा देशको आर्थिक प्रगति को कुरा छ। बस! अझै समाज भाँड्न नपाएको झोंक छ, देशको ढुकुटी लुट्न नपाएको रोष छ, फेरि शासक बनेर जनता कजाउन नपाएको रिस छ। हामी अब एक ढिक्का हुन्छौं। २०४६ सालको आन्दोलनमा र ६२/६३ ताका बरू त्यति सुरक्षाकर्मीको हातबाट प्राण त्यागेनन्, त्यो भन्दा बढि एमाले ले काँग्रेस बिरूद्ध आन्दोलन गर्दा, मधेस आन्दोलनका नाममा र जेन्जी आन्दोलन दबाउन यी नरपिचास हरूले जनता मार्ने काम गरे। २०४६ साल आन्दोलन अघि ईण्डिया ले नेपालमा नाकाबन्दी लगाएर सिमाना ठप्प पार्दा तत्कालिन प्रधानमन्त्री मरिचमान सिंह ज्युले ईण्डिया ले ईण्डिया मा बसेर रोजगारी गरिरहेका करिब तीन लाख नेपालीलाई खेदाउन लागेको थाहा पाई कसरी ती नेपालीलाई रोजगार र बस्ने ठेगानाको बन्दोबस्त गरे भन्ने ईतिहासमा स्वर्ण अक्षरले लेखिएको छ।
तत्कालिन स्वर्गीय राजा बिरेन्द्र को तनाव तथा चिन्ताको बिषयलाई स्वर्गीय मरिचमान ज्यु ले सरलीकरण गरेका थिए। तत्कालिन स्वर्गीय राजा वीरेन्द्र र राजा ज्ञानेन्द्रले बाटो बिराएका भनी आतङ्क मच्चाएर बसेका माओवादीलाई निमिट्यान्न पार्न मानेका थिएनन्। जुन समयमा देशद्रोही गिरिजाले आतङ्क का नाईके प्रचण्डलाई थाना हानेर राजालाई कमजोर बनाउन बिन्ती बिसाईरहेका थिए। राजाले आतङ्क मच्चाउने लाई पनि बाटो बिराएका भनेर जिवन दान दिइरहेका थिए भने यी अराष्ट्रिय तत्व हरू राष्ट्रभक्त राजसंस्थालाई निमिट्यान्न बनाउन लागे र बनाई छाडे। तर बिश्वासघाती बिदेशी लम्पसारवादी नेताहरू त्यहि जनताको बलमा राजसंस्था फाल्न सहयोग पुराउने जनतालाई दबाउन निरन्तर लागिरहे। हुन त झटारो खाएको कुकुर बिजुली चम्किँदा तर्सिन्छ रे तर यी जनताले कहिल्यै सुध्रेनन् जति पेलानमा परेपनि। अब त चेत खुल्छ कि भनेर पर्खिएका दशकौं पछि जेन जीले गर्दा चेत खुल्यो कि झैं लाग्छ तर सरकार बनेको देख्दा अझै लोप्पा खुवाउन मन लाग्छ।
महाभारतको लडाईँको योग परेको समय हो भनेर ज्योतिष शास्त्र मा निर्भर हरू तान्त्रिक, वेद, पितृ, कुल र देवभुमीमा रणसङ्ग्रामको पर्खाईमा छन्। यो त रह्यो दशैँ तिहार पछि अझै उथलपुथलको बहार हेरेर बसेका क्षेत्रिय कर्मका कर्मशिल योद्धाहरूको सहि तथा शुभ साईत को पर्खाई। अर्को भनेको बिश्वमा टेक्नोलोजी मा भर परिरहेका बिश्वको महा शक्ति राष्ट्र हरूको होडवाजी। फोर जी मा भरोसा गरिरहेका हामी जस्ता निमुखा राष्ट्रले ठुला राष्ट्र को सफ्टवेयर बिकासमा भएको प्रतिष्पर्धा को बिचमा रही पेलान मा पर्नु बाहेक केहि उपाय देखिन्न। समाजिक सञ्जालमा रोक लगाउनु बाहिर सतहीमा जस्तो सुकै अफवाह फैलिएता पनि खासमा केपिको वरिपरि बस्ने आईटी सल्लाहकारको रणनिती हो कि भन्ने बिश्लेषण गर्न सकिन्छ। चीन सिक्स जीमा गईसकेको अबस्था छ, चिनले कुनै राष्ट्रमा भर पर्नु पर्दैन र आफै योग्य हुने बिभीन्न याप्सहरू बिकास गरिसकेको छ। खास गरि अमेरिकासँग प्रतिश्पर्धामा रहेको चीनले डिसकोर्ड, वि-चाट र टिकटक जस्ता पावरफुल याप्स बनाईसकेका छन्। जसको बलमा बसेर बिश्वमा भयङ्कर क्रान्ति भईरहेको छ। नेपालमा जेन जी पनि यहि डिसकोर्ड याप्स प्रयोग गरेर आन्दोलनमा होमिएको आशङ्का गरिएको छ। तसर्थ विश्वमा टेक्नोलजी र अन्य आईटी मा भर परिरहेको शक्तिशाली राष्ट्रहरुले आफ्नो टेक्नोलोजी लाई बलियो बनाउन नै एकआपसमा भिड्दा हामीले यसको नकरात्मक असर भोग्नु परेको भन्ने विश्लेषणात्मक भनाई पनि छ। अमेरिकन फाईबर बेस टेक्नोलोजी भन्दा चीन दश गुणा अघि बढेको छ। नेपालको टेक्नोलोजी विकासमा चीनको प्रभुत्व रोक्न को लागि नै हालको सामाजिक सञ्जालमा रोक लगाईएको भन्ने हल्ला छ। केपिको आईटी सल्लाहाकार चिनीया प्रवृद्धि भित्राउने खेलमा लागेको पश्चिमाले सुईँको पाएको नया बहस उठान भएको छ। त्यसको बिरूद्ध चिनीया सामाजिक सञ्जालको याप्स नै प्रयोग गरेर भिषण आन्दोलनको ज्वारभाटा निस्क्यो र २४ घण्टामा नै राजनितीक परिवर्तन भयो, भन्ने भनाइमा थपिएको छ। जुन विश्वको ईतिहासमा नै छोटो र छिटो भएको परिवर्तन मान्न सकिन्छ। सबै ले ईण्डिया को चलखेल भनेर बुझिरहेका थिए। ईण्डिया पनि मक्ख पर्दै वली ले चिनिया र रसियन राष्ट्रपति भेटेको झोंक लाई सिथिल बनाउन आफैले गरेको भन्ठानि रहेका थिए।
पश्चिमाको गोटी ठानिएको तर चुनाव अघि नै निर्वाचन आयोग प्रमुख थपलिया सँग अमेरिकन दुतावासको कार्यक्रम मा झुल्किएका वालेन लाई ईण्डिया ले प्रधानमन्त्री मा सिफारिस गरेको छ भन्ने गाईँगाईँ गुईँगुईँ सुरक्षा अङ्गमा फैलिसकेको थियो। उनले अकस्मात अन्तरिम सरकारमा बसे पछि प्रम हुन नपाईने डरले सरकारमा जाने हिम्मत गरेनन् भन्ने कुरा प्रमाणित हुँदैछ। यता ईण्डिया मक्ख परेर रणनिती तयार गर्दै गर्दा उता एमसिसिको सुत्रधार अर्थात मिलानियम कर्पोरेशन मा पहिलो चिट्ठी लेख्ने व्यक्ति कुलमान थिए, बिडम्बना भनौं या रणनिती अनुरूप आन्दोलनको केहि हप्ता अघि अमेरिका पुगेका थिए, जसलाई सरकारमा जाने अहोभाग्य मिल्यो। बार्बरा ट्रष्टमा काम गरेका सुदन गुरूङ्ग को नेतृत्वमा भएको भनिएको आन्दोलनबाट परिवर्तन भए पश्चात अर्थमन्त्री बने खनाल। जो अमेरिकन लगानीमा खोलिएको आईएनजियोमा कार्यरत छन् भनेर व्यापक हल्ला फिजाईयो यस्तै सुचना तथा संचार मन्त्री पनि वार्बरा फाउन्डेसन का सदस्य भनेर अर्को रँडाको मच्चाईयो। प्रम पनि अमेरिकन अनुग्रहको हुन् भन्ने पुष्ट्याईँ गर्न केहि विश्लेषक तल्लिन छन्। शायद! सर्वोच्च सँग जलेको महान्यायाधिवक्ता कार्यलय उनि कै पालोमा प्रस्तावित अमेरिकाको सहयोगमा बनेको थियो। जे जस्तो भएपनि बिचरा ईण्डिया आफ्नो प्रभुत्व मा परिवर्तन भएको भनेर फुक्न नपाउँदै ईण्डिया मा सेभेन सिस्टर स्टेट मध्ये मणिपुर र आासाम मा जेन जीको प्रभाव परेको झैं ठुलो आन्दोलन को आँधी आयो। युपिमा मन्त्री को आवासमा डढेलो नहुँदै धन्न ईण्डिया ले आगो फैलिन नदिन सक्षम भयो। तर लाद्धाकमा बिजेपीको कार्यलय आगोको लप्कामा डढ्यो। यता को परिवर्तनमा हस्तक्षेप नहोस् भन्ने डरले ईण्डिया मा डढेलो सल्काईएको केहि बिश्लेषकको भनाई छ। तीन बिश्व महाशक्ति को जुङ्गा लडाईँमा नेपाल पेलिनु बिदेशीको नौकर रूपि तथा भ्रष्ट लोभीपापी नेताको अदुरदर्शिता नै प्रमुख कारक हो।
सरकार परिबर्तन लाई खुसियाली मनाउँदै बधाई तथा शुभकामना दिने ईण्डिया, जापान, अमेरिकन केहि सेनेटर समुह, संयुक्त राष्ट्र संघ र तिब्बतका दलाई लामा छन्। ट्रम्पले नेपाल को संघियता र धर्म निरपेक्ष लाई साथ दिन केहि रकम सेनेटर फण्डबाट रकम नेपाल भित्रिएको खुलासा गरेका थिए बिडम्बना सेनेटरले मात्रै परिवर्तन लाई स्विकारेका छन्। रथचाईल्ड र रकफेला डिप स्टेटमका उपनामले लगानी गर्ने शक्तिशाली परिवार हुन् भनेर व्यापक हल्ला छ। ट्रम्प पनि हामी सनातनी जस्तै धर्मभक्त हुन्। अमेरिकन ईतिहासमा नै पहिलो पल्ट विभीन्न चर्चका शक्तिशाली पादरी आएर ट्रम्पको राष्ट्रपति सपथ पछि ह्वाइट हाउसमा प्रार्थना गरेका थिए। यिनी रकफेला परिवारको प्रतिश्पर्धी हुन्। जापान पनि अमेरिकाको भरपर्दो मित्र हो जसले हालको सरकार गठनलाई स्वागत गर्यो। तर चीनको स्वशासित क्षेत्र तिब्बत का नेता दलाई लामाले यसरी छुट्टै राष्ट्र झैं नेपालको सरकार गठनलाई स्वागत र बधाई दिनु आश्चर्यजनक मात्रै नभई खतरनाक खेल हो भन्ने बुझिन्छ। यो सरासर चिनलाई चिढाउने काम बाहेक केहि होइन। एक चिन नितीलाई समर्थन गरेको नेपाललाई यो शुभ-कामना आगामी दिनमा बिषालु हुन जान्छ। बङ्गलादेश, श्रीलङ्का, कम्बोडिया (थाईल्याण्ड र कम्बोडियाको सिमाना लडाईँ, थाईल्याण्ड पनि अमेरिकाको मित्र शक्ति हो), मालदिभ्स को परिवर्तन पश्चात चिनीयाले आफ्नो निजी व्यापारीलाई लगानीबाट फिर्ता बोलायो। किनकि चिनीयाले पश्चिमाको सहयोग, साथ र समर्थन मा परिवर्तन भएको आभाष पाउने बित्तिकै तुरून्त त्यो स्थान या देश छोड्छ। ठ्याक्कै नेपालमा पनि त्यहि आभाष पाउने बित्तिकै झण्डै दुतावास नै हट्न लागेको हल्ला चलेको थियो। तर के चिन चुप लागेर बस्छ त, फ्रि तिव्वेतको ईस्यु आएपछि? तिव्वत लाइ स्वतन्त्र राष्ट्रको नाममा सरकार परिवर्तन हुनासाथ सुशिला कार्कि लाई बधाई शुभकामना दिन के हतार भयो र कुन प्रटोकलले दियो? दलाई लामाले शायद ईण्डोयाको परिवर्तनलाई मात्रै शुभकामाना तथा बधाई दिने गर्छ किनकि उनि ईण्डिया को धर्मशालामा बिस्थापित जिवन बिताईरहेका छन्।
अबको राजनीतिक आन्दोलनले कुर्सीमा मान्छे परिबर्तन होइन कि व्यबस्था परिवर्तन हुने आन्दोलनको ज्वारभाटा ल्याउने छ।अब बिभीन्न विदेशी शक्ति मात्रै होइन तिब्बतलाई मुख्य बिषय राख्न बाध्य चीनको पनि दह्रो उपस्थिती हुनेछ। चीन बामपन्थीको चङ्गुलबाट फुत्केर राष्ट्रभक्त देशभक्त को सल्लाहमा आउनै पर्नेछ। अब सच्चा राष्ट्रभक्त, देशभक्त ले यो कुरा बुझ्नेछ र राजभक्तहरूले बिश्लेषण गर्न बाध्य भई आफ्नो लडाईँ निरन्तर राख्नेछ। आगोमा घिउ थप्ने काम चुनावमा नराम्ररी पच्छारिने आभाष पाएका भ्रष्ट तथा दलाल नेताका पार्टीले गर्नेछ। अहिलेको परिबर्तन खाली कुर्सीमा मात्रै भयो, मध्यावधी चुनावको चर्चा चलिरहँदा खाली देश मध्यावधी चुनावमा गएको तर हल्ला चाहिँँ ठूलै परिवर्तन भएको देखाईएको छ। आर्थिक भारको मुख्य कडिको रूपमा रहेको भ्रष्ट्रचार, अनियमितता र प्रदेश सरकार हो। जुन जेन जी आन्दोलनमा मुल मुद्धाको रहेको मध्ये थियो र अन्यमा स्वदेशमै रोजगारको व्यबस्था, डिजीटल प्लेटफर्ममा विकास, क्रिएटिभ काम गर्नको लागि सो अनुरूपको व्यबस्था र बिकास। यो सबै ओझेलमा राखेर छ महिनामा चुनाव? यो घुमाउरो पारामा आलाकाँचा तथा लाटागाँडा जेन जी भनेर स्वघोषित नेताको गालामा चाँटा मात्रै हो। के यो आन्दोलन मध्यावधि को लागि थियो? होईन भने यो विदेशीको नव जेलेन्स्कि बालेन र सोझा तर रिसाहा सुदन लाई सोधौं। जय कर्मनिष्ठ। जय मुक्ति अभियान। ॐ जय श्री शिव गोरख। जय गोरखकाली। ईति।