+

बाजुरामा एक महिला मृत फेला

१४ आश्विन २०८२, मंगलवार १२:०८

बाजुरा । बाजुरामा एक महिला मृत अवस्थामा फेला परेकी छिन् । जिल्लाको बुढीगंगा नगरपालिका वडा नं ६ स्थित  खोलामा एक महिलाको शव बेवारिसे अवस्थामा फेला परेको हो ।

मृत फेला पर्नेमा बुढिगङ्गा नगरपालिका वडा नम्बर ५ निमनी बस्ने वीर बहादुर थापाकी ४५ बर्षकी श्रीमती ईश्वरी थापा रहेकी जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक तथा सूचना अधिकारी देव बहादुर चौधरीले बताए ।

उनका अनुसार,कालापानीको झुलङ्गे पुल नजिकै उनको शव फेला परेको बताए । प्रहरीको टोली करिब पाँच बजे घटनास्थलमा पुगि ७ बजेतिर उक्त लास पोस्टमार्टमका लागी जिल्ला अस्पताल पठाईएको बताए ।

लास पार्टमार्टमको लागी अस्पताल बाजुराको शव गृहमा राखिएको प्रहरीले बताएको छ ।घटनाबारे थप आवश्यक अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।