नेत्रबिक्रम सी (विप्लव) ।
जेनजी विद्रोह पछिको हाम्रो निस्कर्ष
१) नेपालमा परंरागत संसदीय व्यवस्थाको अौचित्य समाप्त भएकोछ।जसरी विरेन्द्रको वंशनासले परंपरागत राजतन्त्रको अौचित्य समाप्त भएको थियो।
२) नेपाली विशेषताको समाजवादको आधार तयार भएको छ।कहिले ठोस आकार लिन्छ समाजवादीहरूको पहलमा निर्भर गर्छ ।
३)नेपालको प्रधान अन्तरविरोध तीव्रतामा बदलिएको छ ।अमेरिकी भूमण्डलीकृत साम्राज्यवाद-उसले परिचालन गरेका दलाल र नेपाली जनता बीचको संघर्ष मुख्य बनेको छ।
४) नेपालको स्वाधीनता,अखण्डता, सर्वाधिक खतरामा परेकोछ।
५) नेपाल तत्काल युक्रेन भन्दा सिरियाको बाटोमा छ। नेपाल भित्रैबाट दलालहरूका नक्कली विद्रोही तयारगरेर सत्ता कब्जा गर्ने षड्यन्त्र बढाउने ।
६)नेपालको राजनीति नयाँ चरणमा प्रवेश गरेको छ। विवेक,साहस र एकीकृत तागतसहित देशलाई रूपान्तरण गर्ने पहल गर्नु हाम्रो विशेष जिम्मेवारी बनेको छ।
……..
केही समयदेखि समाजवादी मोर्चाका र अन्य सहमत पार्टीहरू बीचको एकता बारे अनेक प्रचार भएका छन् ।यसबारे हाम्रो पार्टीको धारणा उल्लेख गरौँ ।
१) कम्युनिस्टहरू बीचको एकताको आवश्यकता झनै बढेको छ,
२) एकता संगठनलाई एक बनाउनेसँग मात्र सम्बन्धित छैन ,यसका विचार,सिद्धान्त,लक्ष्य,आर्थिक दृष्टिकोण,जीवनब्यबहार, संस्कृति सहितको एकरूप बुझाइसँग सम्बन्धित छ। यी बिषयमा नेतृत्व तहमा पहिलेदेखि गम्भीर छलफल चलेका छन तर टुंगो लागिसकेको छैन ।
३) यदी कुनै पार्टीहरूबीच एकता हुन्छ भने सकारात्मक रूपले लिनुपर्छ ।
४) कम्तिमा कम्युनिस्टहरू बीच विगतमा जस्तो सत्रुतापूर्ण सोच नबनाई प्रधान अन्तरविरोध हल गर्न,देशमा नेपाली विशेषताको समाजवाद (अग्राधिकार सहितको संघियता) स्थापना गर्न सयुक्त मोर्चा र सहकार्य को नीतिमा काम गर्नु पर्छ ।
५) देशको स्वाधीनता गम्भीर संकटमा परेको स्थितिमा सबै देशभक्त,समाजवादी,कम्युनिस्ट शक्तिहरूबीच मोर्चा निर्माणमा अग्रसर हुनु पर्दछ ।
……….
नेपाल ठीक उथलपुथलको विन्दुमा
इतिहासले बताउँछ बिद्रोह असफल भयो भने बिद्रोही अपराधी बन्नथाल्छन् र डण्डित हुनुपर्ने तानाशाह,भ्रष्ट,तस्कर,दलालहरू सम्मानित र सत्तासिन हुनथाल्छन्। बिद्रोह कुरूप प्रहर्षणमा फेरिन्छ परन्तु त्यो समाप्त हुदैन अर्को उथलपुथलको जग्गामा रूपान्तरित हुन्छ । नेपाल ठीक त्यहीँ विन्दुमा छ।
(साभारः नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लवको फेसवुकबाट।)https://www.facebook.com/biplab.chand.988?rdid=GLlajjODyGSRfT6f&share_url=https%3A%2F%2Fwww.facebook.com%2Fshare%2F17FQqvF6jM%2F#


