+

दुर्गा प्रसाईंले प्रधानमन्त्री र गृहमन्त्री तथा चारै वटा सुरक्षा निकाय प्रमुखहरु राखेर बार्ता गर्नपर्छ

११ कार्तिक २०८२, सोमबार ००:५७

मुनिन्द्र राजभण्डारी ।

दुर्गा प्रसाईंले बार्ता र छलफल प्रधानमन्त्री र गृहमन्त्री तथा चारै वटा सुरक्षा निकाय प्रमुखहरु राखेर गर्न पर्छ। कहाँ कर्मचारीहरु तिन जिल्ला का सिड्ओ हरु सङ गर्ने हो त? जिल्लाका सिडियोहरु सङ गर्ने भनेको त सामन्य जिल्ला सुरक्षा समितिको छलफल मात्र हो।जिल्ला सुरक्षा समितिको बैठकमा सरकारका प्रतिनिधि हुन र त्यस्तो बैठकमा आफुले पनि आफ्नो प्रतिनिधिहरु मात्र पठाइ दिने हो।  राजनैतिक समस्या राजनैतिक ब्यक्तिहरु सङ बसेर गर्ने हो प्रशासनिक कर्मचारीहरु सङ होइन। वरिपरि बिज्ञ र सल्लाहकारहरु छैनन् र?

प्रतिद्वन्द्वीहरुले त जोखी रहन्छन्। कुन बेला एसेसबल हुने कुन बेला नहुने त्यो राम्रो बुज्नु पर्छ। कुन स्तरमा को सङ कसरी प्रस्तुत हुने र कसरी कुरा गर्ने ज्ञान हुन जरुरी छ। ब्यापारी त हुन फाइदा लिन त जानेका नै छन तर राजनैतिक तरिकाले फाइदा लिन जान्नु पर्यो र आफ्नो उदेश्य र बिचार हाबी हुन सक्नु पर्यो। सजिलै तरिकाले उपस्तिथि जनाएर टाइ न टुइको कुरा गरे त्यही अनुसार नापतौल गरि रहेका हुन्छन्। इङेज गराउने र भलनरेबल भएर कमजोर भएको बेला अनि ठोक्छ्न। शक्तिका सिधाान्तहरु त बुज्नु पर्यो नि।

बार्ता र छलफलको बटम लाइन राष्ट्रिय एकताको लागि राष्ट्रिय सहमति जुटाउन ११ बैशाख २०६३ सालमा राजा र सात दलहरू बीच भएको ५ बुदे सहमति कार्यन्वयन गर्न सर्ब दलिय र सर्ब पक्ष स्टेक होल्डरहरुको राष्ट्रिय गोलमेच सम्मेलन गरि समय अनुसार सुधार गरि लग्ने २०४७ सालको संविधान ब्युताउने हुन जरुरी छ। नत्र बार्ता सार्ता गएर मुख हेरेर आहुनुको कुनै औचित्य हुदैन। आफ्नो वजन कायम राख्न जरुरी छ।

सिडिओहरु सङ गरिने कुनै पनि छलफलमा राजनैतिक समस्याहरु समाधान गरिने हुदैन । सिडिओहरु सङ गरिने बैठक केबल जिल्ला सुरक्षा समितिको लागि नेपाली सेना सशस्त्र र नेपाली प्रहरीहरुको उपस्थितिमा छलफल गरिने सामान्य प्रक्रिया मात्र हुन।

अर्को तरिकाले भन्नू पर्दा यता दुर्गा प्रसाईं लाई जिल्ला सुरक्षा समितिको छलफलमा आलटाल गरेर अल्मलाउने र उता स्वागत नेपाललाई सि आइ बि र साइबर ब्युरोले धरपकड गरि देश भरी संगठित हुन नदिएर आन्दोलन  ढिलो गराएर छरपस्ट गराइ तुहाएर विफल बनाउन  छकाउने गलाउने र थर्काउने रणनीति मात्र हो।

हामी एउटा साधरण  सिपाहीले त यस्तो रणनीति प्रयोग गरेर आएको अनुभवले थाहा हुन्छ भने देश हाक्छु मन्त्री प्रधानमन्त्री हुन्छु भन्नेहरुले  त बुझ न हो। (साभारः राजभण्डारीको फेसवुकबाट)