+

आइपीएल २०२६ को लागि खेलाडी लिलामी सूची सार्वजनिक

२४ मंसिर २०८२, मंगलवार ११:१९

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को खेलाडी लिलामी सूची मंगलबार जारी गरिएको छ। यसमा कुल ३५० खेलाडीहरूको नाम समावेश छ।

यी खेलाडीहरूको लिलामी डिसेम्बर १६ मा युएईको अबुधाबीमा हुनेछ। लिलामी भारतीय समय अनुसार दिउँसो २:३० बजे सुरु हुनेछ।

आईपीएलको आधिकारिक वेबसाइटका अनुसार लिलामीका लागि कुल १,३९० खेलाडीहरूले दर्ता गरेका थिए, जसमध्ये ३५० जना छनोट भएका छन्। जसमा २४० भारतीय र ११० विदेशी खेलाडीहरू छन्।

यसका साथै, यो सूचीमा २२४ अनक्याप्ड भारतीय खेलाडीहरू र १४ अनक्याप्ड विदेशी खेलाडीहरू समावेश छन्।

डिसेम्बर १६ मा हुने लिलामीमा फ्रान्चाइजीहरूले कुल ७७ उपलब्ध स्लटहरूको लागि प्रतिस्पर्धा गर्नेछन्। यी मध्ये ३१ स्लटहरू विदेशी खेलाडीहरूको लागि आरक्षित छन्।