No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

भारोत्तोलनमा विशालको कीर्तिमान

0

काठमाडौँ । नेपाली भारोत्तोलन खेलाडी विशालसिंह विष्टले रियादमा जारी आइडब्लुएफ विश्व च्याम्पियनसिपमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् ।

पुरुष ९६ केजी तौल समूहमा विशालले स्न्याच, क्लिन एन्ड जर्क र कुलमा गरी तीन नयाँ राष्ट्रिय कीर्तिमान बनाएको नेपाल भारोत्तोलन सङ्घका अध्यक्ष रामकृष्ण श्रेष्ठ (बोस) ले जानकरी दिए ।

विशालले स्न्याचमा एक सय २६ केजी, क्लिन एन्ड जर्कमा एक सय ६५ र कूलमा दुई सय ९१ केजी भार वहन गर्दै आफ्नै नाममा रहेको कीर्तिमान सुधार गरे । यसअघि स्न्याचमा एक सय २५, क्लिन एन्ड जर्कमा एक सय ६१ र कूलमा दुई सय ८३ केजीको कीर्तिमान विशालकै नाममा थियो ।

प्रकाशित: २७ भाद्र २०८०, बुधबार १४:३९

Leave a Reply