नमस्कार ![]()
म अशोक कुमार हाथी, नेपाल शैक्षिक परामर्श संघ (ECAN) को केन्द्रिय कार्यसमिति सदस्यका लागि आगामी पुस २८ गते हुन लागेको ECAN को २०औं साधरणसभा मार्फत दिपकराज भूसाल समूहबाट उम्मेदवारी दिने घोषणा गरेको छु ।
बिगत लामो समयदेखि परामर्श क्षेत्रमा आबद्धता तथा पेशागत यात्रा रहे सँगै प्रत्यक्ष अप्रत्यक्ष रुपमा ECAN को मुल नेतृत्व सँगको सल्लाह सुझाब र सहकार्यमा परामर्श व्यावसायमा धरौटी, चिकित्सा शिक्षा आयोगबाट जारी हुने इलिजिबिलिटी, शिक्षा मन्त्रालय बाट जारी हुने एन ओ सी लाई सहज र सरल बनाउन समन्वयकारी भुमिका खेलेको तथा विभिन्न सामाजिक काममा आबद्ध रहदै प्राप्त अनुभव, निरन्तरता र स्पष्ट कार्यदिशासहित संघलाई अझै बलियो, एकताबद्ध बनाउन योगदान गर्ने छु ।
ECAN लाई अझ पारदर्शी, उत्तरदायी तथा परिवर्तित समयको माग बमोजिम सुदृढ र सशक्त संस्था बनाउने लक्ष्यका साथ, पेशागत हकहित, व्यावसायिक सुरक्षा, कानुनी सुरक्षा, अनुशासन, पारदर्शिता तथा सम्मानित सदस्य ज्युहरुलाई सर्बोपरी प्राथमिकतामा राखी निष्ठापूर्वक कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।‘ सम्मानित मतदाता सदस्य ज्युहरुबाट प्राप्त हुने विश्वास, सहयोग तथा अमूल्य मत मेरो कार्यदायित्व सफलतापूर्वक निर्वाह गर्न ठूलो प्रेरणाको श्रोत बन्ने विश्वास व्यक्त गर्दछु । धन्यवाद।
अशोक कुमार हाथी
केन्द्रीय सदस्य पदका उम्मेदवार
नेपाल शैक्षिक परामर्श संघ (ECAN)


