+

आम चुनाव फागुन २१ः सबैका साझा समानुपातिक उमेद्धवार नेकपाका ई. महेन्द्र बहादुर कार्की

९ माघ २०८२, बिहीबार ०५:२२

आगामी फागुन २१ मा देशभर सम्पन्न हुन गैरहेको आम चुनावका लागि मैदानमा उत्रेका अनेकौं दलका भिन्न भिन्न उमेद्धवार मध्ये नेकपाको तारा चिन्हवाहक समानुपाति उमेद्धवार ईनिज्नियर महेन्द्र बहादुर कार्की आम मतदाताका लागि सुपरिचित, निकट सहयोगी र साझा उमेद्धवार हुन । वाम आन्दोलनमा गरेको योगदान र अनुभवलाई संसदमा पुरयाउन उनको समाजसेवी पृष्ठभुमिले थप सहज बनेको छ । जनजनका लागि सरल र सहज पहुँच भएका साझा समानुपातिक उमेद्धवार कार्की खासमा को हुन ? हेरौं यो छोटो रिर्पोट ।

जो हुन् ,
२००६ सालदेखि नेपाली माटोमा रोपिएको साम्यवादी आन्दोलन र विचारका एक असली संवाहक ।

हुन उनी,
नेपाली कम्युनिष्ट आन्दोलनका एक अविचलित योद्धा । असली मसिहा ।

जसले लडे,
निरंकुश पंचायत विरुद्धको अथक लडाईं ।

जसले दिए योगदान,
२०४६ को प्रजातन्त्र पुर्नस्थापनाको आन्दोलनमा । बहुदलीय प्रजातन्त्रको पुर्नबहालीमा ।

जो थिए,
२०५२ देखि २०६२ को १० वर्षे जनयुद्धका एक नेपथ्यका ईमानदार र असल सारथि । बोकेन्न आफैं बन्दुक । तर सघाईरहे, खटिरहे, त्यही बलिदानीपूर्ण जनयुद्धको सघन सफलताका लागि भित्रभित्रै, सधै सधै, निरन्तर ।

जो रहे,
संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको युगान्तकारी परिवर्तनका एक हस्ती, एक हस्ताक्षर ।

उनी अर्थात
ईन्जिनियर महेन्द्र बहादुर कार्की ।

हिरक महोत्सव मनाईसकेको नेपाली वामपन्थी आन्दोलनका एक समानान्तर योद्धा महेन्द्र बहादुर कार्की देशले सम्पन्न गर्न गैरहेको २०८२ भदौं २३ र २४ को जेनजी आन्दोलनपछिको फागुन २१ को मध्यावधि चुनावका एक काविल उमेद्धवार हुन ।

सिंगै जीवन वामपन्थी आन्दोलनमा होमका कारण कार्की नेपाली वाम आन्दोलनको मुलधार नेपाली कम्युनिष्ट पार्टी, नेकपाका तर्फबाट खस आर्य क्लस्टरका मुख्य आकाँक्षी हुन ।

नेपाली गणतन्त्रका महानायक पुष्पकमल दाहाल प्रचण्ड र तत्कालिन नेकपा एमालेका पर्याय व्यक्तित्व, नेतृत्वका रुपमा स्थापित माधवकुमार नेपाल नेतृत्वको दल नेपाली कम्युनिष्ट पार्टी, नेकपाले वामपन्थी आन्दोलनमा गरेको संघर्ष, दिएको योगदान र निरन्तरताकै पुरस्कार स्वरुप ईन्जिनियर महेन्द्र बहादुर कार्कीलाई नेकपाको खस आर्य तर्फबाट समानुपातिक उमेद्धवार बनाएको हो ।

नेकपाले कार्कीलाई पार्टीको तर्फबाट जनअनुमोदित माननीय हुन दिएको यो सुनौलो अवसर मात्रै हैन, ईतिहास र योगदानको उच्च कदर सम्मान पनि हो ।

त्यसैले नेपाली वाम आन्दोलनको जत्तिकै उमेर र अनुभव भएका ईन्जिनियर कार्की आसन्न आम चुनावमा जनादेशको जगमा, जनताको मतमा आगामी प्रतिनिधि सभामा माननीय भएर संसद प्रवेश गर्न योग्य छन ।

राजनीतिक रुपमा अविरल वाम नेता रहेका ईन्जिनियर कार्कीको लामो अनुभव, वौद्धिक पृष्ठभुमि र समाजिक योगदानको लामो श्रृखला उनलाई जनताले मत दिने उनका अतिरिक्त योग्यता र पूँजि हुन ।

सामाजिक सेवाको क्षेत्रमा कार्कीका आफ्नै अनगिन्ती योगदान छन । जनजनका मन मनमा, टोल टोल बस्ती बस्तीमा उनको सामाजिक योगदानका प्रतिकहरुले उनलाई जनतासंग एकाकार गरिहेकै छन ।

पेशाले व्यासायिक ईन्जिनियर रहे पनि सबै खाले सामाजिक सेवा कर्ममा सधै उदार मनले रमाउने उनको बानी र जीवन दैनिकीले नै कार्कीलाई सबैको साझा माननीय बनाउने जग र जमिन बनाएको छ ।

उनले पार्टीका अलवा सबै तहका सामाजिक तह र तप्कामा पुरयाएको योगदान, दिएको दान, अनुदान र बनाएको सामाजिक सेवाको पीरामिडले उनलाई प्रखर समाजसेवीका रुपमा जनप्रतिनिधि बन्ने अवसर र अतिरिक्त योग्यता थपिदिएको छ । देशैभरका मतदाताले नेकपाको चुनाव चिन्ह तारा संगसंगै संझेर भोट गर्नु पर्ने काविल उमेद्धवार नै हुन ईन्जिनियर महेन्द्र बहादुर कार्की ।

गौरीशंकर हिमालयको काखमा रहेको पहाडी जिल्ला दोलखाका लागि त झन कार्की धर्तीपुत्र हुन, रैथाने हुन । गाउँले हुन । टोलबासी हुन । दोलखालीहरुका हर दुख सुखका अविरल सारथि हुन । भूगोल, जीवन, संस्कृति, समाज र जनजनका मनका प्रिय, निकट साथिसंगी हुन ।
त्यसैले तारा चिन्हमा मतदान नै नेकपाका समानुपातिक उमेद्धवार ईन्जिनियर महेन्द्र बहादुर कार्की प्रतिको आम मतदाताको सम्मान हो ।
व्यूरो रिर्पोट, जिटिभी नेटवर्क, काठमाण्डौं ।

Go back

Your message has been sent

Warning
Warning
Warning
Warning

Warning.