+

विश्व तेक्वान्दो महासंघको ¥याङ्किङ प्रतियोगिता (जी–१) मा गोरखाली डोजांगका खेलाडीलाई स्वर्ण पदक

९ फाल्गुन २०८२, शनिबार १६:२३

काठमाडौँ । विश्व तेक्वान्दो महासंघको ¥याङ्किङ प्रतियोगिता जी–१ म २ स्वर्ण जितेर गोरखाली तेक्वाण्दो डोजाँगले नयाँ ईतिहास रचेका छ । आआफ्नो समुहमा स्वर्ण जितेर निर्जला महतो र प्रतिण्ठा मगरले गोरखाली तेक्वाण्दो डोजांगको ईज्जत बढाएका हुन ।

दशरथ रंगशालामा हालै भएको विश्व तेक्वाण्दो महासंघको र्याकिंग प्रतियोगिता (जी–१) मा गोरखाली तेक्वाण्दो डोजांगले जितेको २ स्वर्णमा निर्जला महतो र प्रतिष्ठा मगरको अतुलनीय सफलता नै मुख्य उपलव्धी बन्यो ।

प्रतियोगितामा गोरखाली तेक्वाण्दो डोजांगकी जुनियर महिला खेलाडी निर्जला महतोले ५२ केजी मुनी तौल समुहमा स्वर्ण पदक जितेकी थिईन । यस्त,ै सोही डोजाँगका लागि ५छ केजी मुनी समुहमा प्रतिण्ठा मगरले पनि स्वर्ण पदक नै जितेकी थिईन ।

जुनियर तथा सिनियर गरी २० देशका २ सय खेलाडीले भाग लिएको तेक्वान्दो महासंघको ¥याङ्किङ प्रतियोगिता (जी–१) प्रतियोगितालाई चौथो माउन्ट एभरेस्ट अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगिता समेत भनिन्छ ।