+

“हिजो नेताले जनता झुकाउने- झुक्याउने-छ्क्याउने गरे, अहिले जनताले नेतालाई -झुकाए-झुक्याए”

२६ फाल्गुन २०८२, मंगलवार ०४:२४

-जगदिश राज बराल

“हामी उम्मेदवारलाई चिन्दैनौँ-देखेको पनि छैन,कुन पार्टी हो थाहा छैन,सङ्ख्या पुगेमात्र बालेन प्रधानमन्त्री हुने भएकाले घण्टीमा छाप हान्नु पर्छ । एक पटक अवशर घण्टीलाई दिने हो-राम्रो काम गरेनन् भने गोद्ने हो”(तराईमा स्थानीय तथा नेपाली भाषी दुबै समुदायका मात्रै हैन हिमाल पहाड सबै भौगोलिक खण्डका बहुमत नेपाली मतदाताको मन मष्तिस्कले जात पहिचान वर्ग धर्म सम्प्रदाय राजनीतिक दर्शन भौगोलिक क्षेत्र बिर्सेर पहिले नै उपरोक्त्त अनुसारको मनोबैज्ञानिक आधार-बायोलोजीकल पावरको प्रभावले अडान लिईसकेको थियोे ।

ई.सँ.२०१९ काे भारतीय लाेक सभामा उम्मेदवार,दल थाहा नभए पनि काश्मिर देखि कन्या कुमारीसम्म ‘मोदी को भोट देवे,एक छाप लगावे’ भन्ने भारतीय जनताको मनोबिज्ञान यस्तै थियो,जब बामपंथीले किसान र तल्लो वर्गभन्दा दलाल पुँजिपतिको हितको खातिर जन दमन गर्न लाग्यो ममता बनर्जीले काङ्ग्रेस छोडेर नयाँ दल खोलेर माहोल बनाएर पुरानालाई सबक सिकाएको जस्तै गरेर) ।

“असन्तुष्टि काङ्ग्रेस हूँ म त घण्टीमा भोट हाल्ने हाे अब त”(चितवनका एक पुराना काङ्ग्रेस बुबाले मिडियामा गाएको गीतको भाइरल-व्यापक विस्तार भएको भिडियो) । “मैले त सत्तामा जानको लागि भन्दा पनि पुराना दलहरुलाई खवरदारी गरेर सुधार होलान् भनेर रास्वपा गठन गरेको थिएँ”(मुकुल ढकाल,रास्वपा नेता) ।

“म यहि रोष्टमबाट बुद्धलाई भाकेर अहिलेका केही अनुहार ८४ को चुनाव पछि यो संसदमा न देखिउन भन्ने कामना गर्छु”(कान्छाराम तामाङ्ग,सांसद प्रतिनिधि सभा ,पुर्ब राज्य मन्त्री,रामेछाप,नेका) ।

“बालेन र हर्क त एउटा झिल्को मात्र हुन”(पुर्व प्रम डा.बाबुराम भट्टराई,वि.सं.२०७९ अशाेज १,संसदमा मन्तव्य) ।

“There is not past,not future;everything flows in an eternal present”(James Joyce,Writer, Ireland).

निर्वाचन एक घटना हो-घटनाको परिणाम देखिन्छ -घटनाको दूरगामी अशर सकारात्मक वा नकारात्मक के हुन्छ त्यो घटनाबाट लाभ लिनेको ब्यवस्थापन एवं ब्यवहारमा भरपर्छ ।

“Wrong doesnot cease to be wrong because the majority share in it”( Leo Tolstoy- Lev Nikolayevich Tolstoy,Writer,Russia) जस्तो बिचारप्रति न्यायपुर्ण-नैतिकताबद्ध-सदभावनायुक्त्त ब्यवस्थापन एवं ब्यवहार गर्नको लागि गहिरिएर मनन गर्न सबैलाई छुट छ ।

आफ्नो दलप्रती नै बिकर्षण र अरु दलप्रती आकर्षण भएपछि रोजाइ-छनोट-choice प्रति जनताको आतुरताले मुद्दा एजेन्डा,ईमानदार-दुख पाएका काम राम्रै गरेर जनताले उच्च सम्मान दिएका -उरन्ठेउला ठग फटाहा,राष्ट्रवादी अराष्ट्र्वादी इत्यादी उम्मेदवार भन्ने तर्फ मतदाताको वास्ता हुने रहेनछ भने अर्कोतिर जनताको आकर्षण भएको दलका उम्मेदवार स्वयंलाई आफू को हूँ र देशप्रति मेरो के जिम्मेवारी होला भन्ने नै थाहा नहुन सक्छ ।

निर्वाचनमा माहोलको भुमिकाले मनोविज्ञान र छनोट-choice परिवर्तन गर्न सक्छ । नेपालकाे मध्यावधि निर्वाचन २०८२मा भारतको आम निर्वाचन ई.सं.२०१९ काे जस्तै संवैधानिक रूपमा प्रतिपक्ष नै नहुने तवरले बिजय भएकोमा ‘घण्टी’लाई -जति जनताले साथ दिए ती सबै दलका जनता पनि हुन-थिए,किन मतदानमा कम सहभागिता भयो-किन आफनै पार्टी कै कार्यकर्ताले समेत नेका,नेकपा,एमाले,राप्रपा र मधेसबादी भन्ने दललाई मत दिएनन् ? प्रतिनिधि सभामात्र विघटन गरेकोले सिर्फ ओलि सरकार विघटन गर्ने र चुनाव गराएर आफ्नो अनुसारको सरकार निर्माणकार्य सप्पन्न के पुर्व योजना तयार थियो ?

किन रास्वपालाई अमेरिका-इजरायल-डीपस्टेट-बारबरा फाउन्डेसन-एमसीसी,एसपीपी-एनजीओ-वोर्ल्ड बैङ्क, आइएम-दलाई लामाको समर्थन गर्ने पार्टी,नेपाल बाहिरबाट म्याच फिक्ख्सिङ्ग भएकाले ‘इलेक्टेड’ हैन ‘सेलेक्टेड’ चुनाव हुन्छ भनेर बिरोध गर्ने गरिएको हो भन्ने जस्ता अरु जनचासो-जनत्रास औ जन बिबादको समाधान गर्दै,पुराना नेताहरूले इतिहासमा गरेको संघर्षको सम्मान गर्दै, राजनीतिबाट जनसेवा गर्न उमेरले छेक्दैन अपवित्र प्रवृति नै बाधक हुने हुँदा जनताको भरोसाले जवाफदेहिता पनि बढाउछ भन्ने अवश्य बुझेका हुनाले अनावश्यक फुरफुर नगरी,भ्रष्टाचारको सम्बन्धमा सेलेक्टेड राजनीतिज्ञ-कर्मचारीलाई छानबिन गरे पछि स्थिति बुझिने भएकाले यति बेला देखि उति बेला देखि भनी रहनु नपर्ला,पुर्वाग्रह नराखी,राजतन्त्र-सङ्घीयता-हिन्दु अधिराज्य प्रतिको जनमनको भावना बुझेर,अनुशासनबद्ध स्वतन्त्रताको ख्याल गर्ने-सुकुम्बासी छैनन् हुकुमबासीको रजगज छ बरु समय लागोस तर यो नक्कली सुकुम्बासीको ऐजेरू उन्मुलन नै गर्ने,र अराजक प्रत्येक मिडियालाई ब्यबस्थापन गर्ने,छुद्र वाचक नहुनु-एकता तथा समाधानका कुरामात्र गर्नु, भूराजनीतिक जटिलता तथा जनताको अहिलेसम्मकै शान्तिपूर्ण ब्यवहारले देश जोगिएको हो भन्ने बुझेर सबैलाई साथ लिएर काम गर्न जनमतको सम्मान गर्दै भरपर्दो एवं बिश्वाशिलो सरकारको लागि शुभकामना सहित विनम्र बधाई र अरु दललाई जनमनमा आफुप्रति किन विकर्षणको उभार आयो भन्नेमा आत्मा समिक्षा गरेर जनताको मन जितेर पुनः सत्तारोहणको शुभकामना !

” Not everybody is good-but your attitude can-be . Attitude is a choice .Happiness is a choice .Kindness is a choice .Giving is a choice .Respect is a choice .What ever choice you make makes you .Choose wisely ……Take responsibility of your happiness,never put it in other people’s hands……Instead of worrying about what you cannot control,shift your energy to what you can create.(Roy T.Bennett,Motivational author-political executive republican USA,2020. The Light in the Heart . Roy Bennett. Feb.2,2020). Every great and deep difficulty bears in itself its own solution .It forces us to change own thinking in order to find it”(Kliels Bohr,Danish-pioneer of quantum theory) .

राजनीतिज्ञ त हैन म तर स्वतन्त्र लेखनमा गन्थन गर्छु-“सहिलाई सहि र गलतलाई गलत भन्न सक्दा कसैको झोला बोक्नु पर्दैन(जगदीशराज बराल, राजधानी दैनिक) ।”बालेन ले महानपामा जे गरे त्यो त केहि पनि हैन,त्यो भन्दा धेरै गर्न दलहरुले सक्थे तर आफू केहि गर्न नसक्ने र बालेन ले गरेको पनि आलोचना गर्ने र अवरोध पनि गर्ने नेताहरूप्रति जनताको गुनासो छ”(जगदीशराज बराल । जनाआश्था साप्ताहिक) ।

मैले आफ्नो विचार एफएम,सोसल मिडिया युट्यूव चैनलमा दिन नचाहेकोले मिडिया कर्मी साथीहरूको गुनासो छ र पनि म बहसबाट पर नै बस्छु । राजनीतिमा नैतिकता,मुल्य, मान्यता,समझदारीको काम छैन भन्ने कुरा ५०० वर्ष अघि नै मैकियावेलीले आफ्नो प्रशिद्ध कृति मार्फत भन्नू भएपनि तल्लो तहसम्म बिचार सिकाएको र माओले ६५ बर्ष अघि भन्नू भएको “यदि हामीले आफ्नो धरातल बिर्सन गयौँ भने जनताले हामीलाई लखेटने छन् ” भन्ने सम्झेर पार्टीको कार्यक्रममा आफ्ना कैडरलाई सम्झाउने मोहन बैध र पुष्प कमलको सङ्घर्ष-सङ्गठनबाट अभूतपूर्व आशा गरेका जनता पनि निराश भए,राजा पछि जनतामा रवि र तेस्रोमा बालेनप्रति जनताको आशा किन पलायो ?

बीपीको बिचार बिर्सेर,मनमोहनको सादगी त्यागेर हुक्के बैठके चिलिमे हात मुसारे को स्तुतिमा तल्लो बर्गको कुरा,सरकारको डेलिभरी भन्दा अरुको कुरा काटेर तालीमा मख्ख किन परेका ? माथि शुरुमा उल्लेखित जनमनाेबिज्ञान र बुढा बा काे आफ्नो दलप्रतिको असन्तुष्टिले प्रलयकारी राजनीतिक प्रकोपको सङ्केत दिएको कुरा छर्लङ्ग थियो-समयमा नबुझ्नुले कसैलाई दोष दिन सहज हुन्न । (वि.सं.२०८२ फाल्गुण २३ गतेको सामाजिक सञ्जालको भित्ताबाट )।

तस्वीर सौजन्य : २०८२ भाद्र २३ गते माहाराजगञ्जमा मयुर बसमा,यो छविचित्र जेन जि आन्दोलन बारे मेरो सत्याग्रह साप्ताहिक बिधुतीय सस्करणमा समेत समावेश छ । सादर-विनम्र शुप्रभातम् !