काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतविरूद्ध अदालतको अवहेलनामा मुद्दा दायर भएको छ ।
सर्वोच्च अदालतका न्यायाधीशलाई लक्षित गर्दै अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दामा केन्द्रित रहेर अभिव्यक्ति दिएको भन्दै अदालतको अवहेलना मुद्दा दायर भएको हो ।
अधिवक्ता लबन न्यौपानेले बस्नेतविरूद्ध बुधबार सर्वोच्च अदालतमा अवहेलनाको मुद्दा दायर गरेका हुन् ।
विघटित प्रतिनिधि सभा पुनर्स्थापनासम्बन्धी मुद्दाको विषयलाई लिएर बस्नेतले सर्वोच्च अदालतका न्यायाधीश लक्षित अभिव्यक्तिले अदालतको मानहानी भएको भन्दै मुद्दा दायर भएको हो । उक्त मुद्दाको पेसी आगामी चैत १ गतेका लागि पेसी तोकिएको छ ।


