+

सातामा दुई दिन सरकारी बिदा दिने सरकारको निर्णय

२२ चैत्र २०८२, आईतवार ०८:४८

काठमाडौं । सरकारले भोलिदेखि लागू हुनेगरी शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ ।

सरकारी कार्यालय र शैक्षिक संस्थामा भोलिदेखि शनिबार र आइतबार बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । सरकारले पेट्रालियम आपूर्तीमा उत्पन्न असहजताका कारण भोलिदेखि शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ।

सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा लागू हुने सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।