+

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार?

४ बैशाख २०८३, शुक्रबार ०६:१८

काठमाडौं। स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट आएको छ। सुन प्रतितोला तीन हजार र चाँदी १ सय २० रूपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मोल प्रतितोला दुई लाख ९९ हजार ८०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य पाँच हजार १ सय ३० रूपैयाँ कायम भएको छ।

हिजो बिहीबार छापावाल सुनको मोल प्रतितोला तीन लाख दुई हजार ८०० र त्यति नै परिमाणको चाँदी पाँच हजार २ सय ५० रूपैयाँमा कारोबार भएको थियो।

गत बुधबार छापावाल सुनको मोल प्रतितोला तीन लाख दुई हजार ७०० र त्यति नै परिमाणको चाँदी पाँच हजार २२० मा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औंस सुन चार हजार ८२० र त्यति नै परिमाणको चाँदी ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।