+

कञ्चनपुर प्रशासनले सार्वजनिक बिदाका दिनमा पनि सेवा दिने

४ बैशाख २०८३, शुक्रबार ०६:३३

कञ्चनपुर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सार्वजनिक बिदाका दिनसमेत अत्यावश्यक सेवा प्रवाह गर्ने भएको छ । कार्यालयले नागरिकता, राहदानी तथा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा सार्वजनिक बिदामा पनि उपलब्ध गराउने सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीले जानकारी दिए।

जोशीका अनुसार चण्डी पूर्णिमा (वैशाख पूर्णिमा), बुद्ध जयन्ती, उभौली पर्व, गणतन्त्र दिवस, पृथ्वी जयन्ती, रक्षा बन्धन, घटस्थापना, धान्य पूर्णिमा, क्रिसमस डे, विभिन्न ल्होसार, माघी पर्व, प्रजातन्त्र दिवस, अन्तरराष्ट्रिय महिला दिवस, होलीलगायतका बिदामा सेवा सञ्चालन हुनेछ ।

त्यसैगरी मुस्लिम धर्मावलम्बीहरूको ईद (ईद उल फित्र) र बकर ईद (ईद उल अजहा)का अवसरमा पनि सेवा प्रवाह गरिने बताउँदै सहायक प्रमुख जिल्ला अधिकारी जोशीले तोकिएका सार्वजनिक बिदाका दिन सेवा लिन आउने सेवाग्राहीलाई आवश्यक कागजातसहित उपस्थित हुन सबैमा आग्रह गरे ।