काठमाडौं । नेकपा एमालेको प्रमुख सचेतकमा ऐन महर चयन भएका छन्।
संसदीय दलका नेता रामबहादुर थापाले उनलाई प्रमुख सचेतक नियुक्त गरेका हुन्।
महर बझाङबाट प्रत्यक्षतर्फ निर्वाचित प्रतिनिधिसभा सदस्य हुन्।
महरले आफूले जिम्मेवारी पाउँदा खुसी लागेको बताएका छन्। महरले पूर्ण निष्ठा र इमानदारिताका साथ जिम्मेवारी बहन प्रतिवद्धता समेत व्यक्त गरेका छन्।


