+

टेक्सासमा भएको गोली हानाहानमा, दुई जनाको मृत्यु, तीन घाइते

२३ बैशाख २०८३, बुधबार १४:०३

वासिङ्टन। अमेरिकाको टेक्सास स्थित डलासको उत्तरमा रहेको सपिङ सेन्टर नजिकै भएको गोली हानाहानमा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

एक जना व्यक्तिले सपिङ सेन्टरमा पाँच जना माथि गोली चलाउँदा दुई जनाको ज्यान गएको अमेरिकी प्रहरीले पुष्टि गरेको छ।

संदिग्धले योजनाबद्ध रूपमा गोली हानेर घटना घटाएको उल्लेख गर्दै प्रहरीले जनाएको छ।

पीडितहरू र आक्रमणकारी एक अर्कामा परिचित व्यक्ती भएको उल्लेख गर्दै प्रहरीले संदिग्धलाई पक्राउ गरी सकिएको जनाएको छ।