+

कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

२४ बैशाख २०८३, बिहीबार १६:४३

काठमाडौं । कांग्रेस नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार कार्कीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।

पोखरा विमानस्थल निर्माणका क्रममा भएको अनियमितता प्रकरणमा प्रतिवादी बनाएर उनीविरुद्ध मुद्दा दायर गरिएक अख्तियारले जनाएको छ।

उनीविरुद्ध दायर मुद्दामा ३ अर्बभन्दा बढी विगो मागदाबी गरिएको छ।