+

मन्त्रिपरिषद् बैठकद्वारा राष्ट्रपतिकाे सम्बोधन स्वीकृत गर्ने निर्णय

२८ बैशाख २०८३, सोमबार १३:०३

काठमाडौं। मन्त्रिपरिषद्को बैठकले आज  संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पाैडेलबाट हुने सम्बोधनको मस्यौदालाई स्वीकृत गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले नेपालको संविधानको धारा ९५ को प्रावधान बमोजिम राष्ट्रपतिको सम्बोधन स्वीकृत गर्ने निर्णय गरेको हो।

तय गरिएको कार्यतालिका अनुसार सम्माननीय राष्ट्रपतिले  आज  अपराह्न चार बजे संघीय संसद्का दुवै सदनलाई संयुक्त रूपमा सम्बोधन गर्नेछन्।

उक्त सम्बोधनमा सरकारको आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरिने भएकाले यसलाई विशेष महत्त्वका साथ हेरिएको छ। मन्त्रिपरिषद्को यो निर्णयसँगै संघीय संसद् सचिवालयले संयुक्त बैठकको आवश्यक व्यवस्थापन र तयारीलाई तीव्र पारेको छ।

संविधानले व्यवस्था गरे अनुसार सरकारको नीतिगत प्राथमिकता र भावी योजनाहरू राष्ट्रपतिको सम्बोधनमार्फत सार्वजनिक हुने संवैधानिक परम्परा रहेको छ।