काठमाडौं । टर्किस एयरलाइन्सको जहाज ठूलो दुर्घटनाबाट जोगिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा आव बिहान पछाडीको दायाँतर्फको चक्कामा आगो लागेको जहाज ठूलो दुर्घटनाबाट जोगिएको हो ।
विमानस्थल कार्यालयका अनुसार इस्तानबुलबाट आज बिहान काठमाडौं आएको टीके७२६ कल साइन जहाज अवतरणका क्रममा चक्का व्रेष्ट हुँदा ठूलो मानविय क्षतिबाट जोगिएको हो ।
घटनालगत्तै दमकलले आगोलाई नियन्त्रणमा लिइएको छ भने जहाजमा सवार चालकदलका समस्यसहित सबै यात्रु सुरक्षित रहेका छन् । विमानमा २७८ जना यात्रु र ११ जना चालक दलका सदस्य रहेको जनाइएको छ ।


