+

राष्ट्रपति पौडेल र सभामुख अर्यालबीच शीतल निवासमा भेटवार्ता

२९ बैशाख २०८३, मंगलवार १२:५९

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल र प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालबीच भेटवार्ता भएको छ।

मंगलबार राष्ट्रपति भवन शीतल निवासमा भएको यस भेटमा उनीहरूबीच समसामयिक राजनीतिक विषय र संसदीय गतिविधिको बारेमा छलफल भएको हो।

राष्ट्रपति सचिवालयका अनुसार भेटका अवसरमा संघीय संसद्को आगामी बैठक, विचाराधीन विधेयकहरू र देशको पछिल्लो राजनीतिक अवस्थाका बारेमा कुराकानी भएको थियो।

राष्ट्रपति पौडेलले संसद्लाई जनमुखी बनाउन र लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउन सभामुखको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गरेका थिए।

सभामुख अर्यालले संसद्मा भइरहेका कामकारबाही र सदनलाई प्रभावकारी रूपमा अगाडि बढाउन गरिएका प्रयासहरूका बारेमा राष्ट्रपतिलाई जानकारी गराएका थिए।

ताजा अपडेट