काठमाडौँ । काठमाडौं महानगरपालिका-१६ माछापोखरी चोक नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ५० मिलिग्राम र नगद ५७ हजार ४ सय ५० रूपैयाँ सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा भक्तपुर च्यामासिंह बस्ने दोलखा घर भएका २८ वर्षीय बिनोद खड्का र काठमाडौं महानगरपालिका-२६ नयाँबसपार्क बस्ने गोरखा घर भएका २४ वर्षीय बिपन सिजापती रहेका छन् । प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको बा.७९ प ७०८३ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।
यसैगरी काठमाडौं, चन्द्रागिरी नगरपालिका-८ कञ्चनबस्ती डेरा गरी बस्ने मकवानपुर घर भएका प्रेम बहादुर स्याङताङ्गलाई अवैध लागूऔष पोलेन २ किलो १ सय ६४ ग्राम, नगद १ लाख ७७ हजार ५ सय रूपैयाँ र डिजिटल तराजु १ थान सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ । प्रहरीले घटनामा संलग्न हाल फरार १ जनाको खोजी गरिरहेको छ ।
पर्सा, पोखरीया नगरपालिका-४ पोखरीया बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ९० मिलिग्राम सहित सोही नगरपालिका-४ बस्ने २२ वर्षीय राजेश साहलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पोखरीयाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सुनसरी, दुहबी नगरपालिका-१२ सितापुरबाट अवैध लागूऔषध गाँजा करिब ५ किलोग्राम सहित धनकुटा सहिदभूमि गाउँपालिका-२ बस्ने ३० वर्षीय बसन्त राईलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी शुक्रबारेबाट खटिएको प्रहरीले हाल नम्बर नखुलेको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । प्रहरीले हाल मोटरसाइकल सहित फरार भएका चालकको खोजी गरिरहेको छ ।
यसैगरी सुनसरी, ईटहरी उपमहानगरपालिका-१८ रैहिपुर बस्ने ४८ वर्षीय सितल चौधरी र उनकै छोरा २३ वर्षीय सुशान्त चौधरीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ४ सय ८० मिलिग्राम, डिजिटल तराजु १ थान र नगद ८१ हजार ३ सय ४० रूपैयाँ सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनीहरूको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको को.२३ प ६४१८ र मे.१ प ३९९५२ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।
झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ ग्राम ३ सय ५० मिलिग्राम सहित दमक नगरपालिका-५ बस्ने १८ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी झापा, दमक नगरपालिका-७ सिर्जना टोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ट्याब्लेट र स्पासरेस्ट ३ सय ट्याब्लेट सहित मोरङ पथरीशनिश्चरे नगरपालिका-१ बस्ने २५ वर्षीय दिपन लिम्बुलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
सुर्खेत, बीरेन्द्रनगर नगरपालिका-३ तातापानीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ७ सय २० मिलिग्राम, स्रोत नखुलेको नगद ५ लाख १५ हजार ५ सय ५० रूपैयाँ र सुन तथा चाँदीको जस्तो देखिने विभिन्न गरगहना सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४८ वर्षीय ऐकेन्द्र सुनार र सोही नगरपालिका-१४ बस्ने २० वर्षीय प्रशान्त सुनार रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ, नगद र गरगहना सहित पक्राउ गरेको हो ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१० रानीदरबारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ४० मिलिग्राम सहित सोही उपमहानगरपालिका-४ सूर्यचोक डेरा गरी बस्ने रौतहट गुजरा नगरपालिका-३ जङ्गलसैया घर भएका २३ वर्षीय रोहन कुशवार समेत २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय हेटौंडाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कैलाली, धनगढी उपमहानगरपालिका-७ मनेहराबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने ३३ वर्षीय दाताराम रानालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मनेहरा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलाली, बर्दगोरिया गाउँपालिका-६ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३५ वर्षीय राजेन्द्र चौधरी समेत ३ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सडकपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कास्की, पोखरा महानगरपालिका-२९ नयाँ तालचोक बस्ने २२ वर्षीया रूबिना खातुङलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३० ग्राम र नगद ११ लाख ४८ हजार रूपैयाँ सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सिशुवा र लागूऔषध नियन्त्रण ब्यूरो शाख कार्यालय पोखराबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
यसैगरी कास्की, पोखरा महानगरपालिका-१ बगर नहरबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ हजार ५ ट्याब्लेट, नाईट्राभेट १७ ट्याब्लेट र नगद ४३ हजार रूपैयाँ सहित सोही ठाउँ बस्ने ४५ वर्षीय प्रेम बहादुर गुरूङलाई गए राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
बर्दिया, गुलरीया नगरपालिका-७ महाकबी टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ८० ग्राम सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत उतर प्रदेश खिरी तिकुनिया बस्ने ३५ वर्षीय तेजेन्द्र कुमार र २६ वर्षीय बिजय सिंह रहेका छन् । लुम्बिनी प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय बर्दिया र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यसैगरी बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम १ सय ८० मिलिग्राम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर, ललितपुर महानगरपालिका-२२ बुङ्गमती बस्ने ३० वर्षीय सुरोज राज तुलाधर र बाँके खजुरा गाउँपालिका-४ एफ गाउँ बस्ने ३७ वर्षीय दिपक नाथ योगी रहेका छन् । जिल्ला प्रहरी कार्यालय बर्दिया समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
तनहुँ, बन्दिपुर गाउँपालिका-४ डुम्रे बजारबाट नियन्त्रित लागूऔषध डाईजेपाम १० एम्पुल र बुप्रेनोर्फिन ५ एम्पुल सहित भानु नगरपालिका-१ नयाँबस्ती बस्ने २३ वर्षीय बिशेक परियारलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी डुम्रेबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
उदयपुर, त्रियुगा नगरपालिका-१० बोक्सेबाट नियन्त्रित लागूऔषध फेनारगन १ एम्पुल र बुप्रेनोर्फिन १ एम्पुल सहित सोही नगरपालिका-११ बस्ने ३१ वर्षीय बिक्रम मगरलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कञ्चनपुर, बेलौरी नगरपालिका-१० भुडाँ मैलीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १४ ग्राम ८ सय ४० मिलिग्राम सहित बेलडाँडी गाउँपालिका-१ रौलेश्वर बस्ने २२ वर्षीय हरेन्द्र साउँदलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मोरङ, कानेपोखरी गाउँपालिका-६ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम ७ सय १० मिलिग्राम सहित सोही ठाउँ बस्ने २९ वर्षीय बिष्णु शेर्पालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रमापलोबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सप्तरी, कंचनरूप नगरपालिका-९ रूपनगर बस्ने ३० वर्षीया मनरेखा यादवलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ४ सय ९० मिलिग्राम र गाँजा १ सय ४० ग्राम सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कंचनपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
बाँके, कोहलपुर नगरपालिका-११ कोहलपुर चौराहाबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ८० ट्याब्लेट सहित सुर्खेत बस्ने कालिकोट रासकोट गाउँपालिका-६ रूप्सा घर भएका २३ वर्षीय बिनोद शाही समेत २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यसैगरी बाँके, नेपालगंज उपमहानगरपालिका-४ सल्यानी बंगलाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ६ सय ७० मिलिग्राम सहित सुर्खेत वीरेन्द्रनगर नगरपालिका-३ तातोपानी बस्ने २२ वर्षीय उपेन्द्र थापालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय नेपालगंज र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।


