+

सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

१ जेष्ठ २०८३, शुक्रबार ११:११

काठमाडौं। नेपाली बजारमा साताको अन्तिम दिन शुक्रबार सुन र चाँदीको मूल्यमा ठूलो गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ४ हजार रुपैयाँले घटेको छ।

मूल्य घटेसँगै आज छापावाल सुन प्रतितोला २ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन अर्थात् बिहीबार सुन प्रतितोला ३ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

सुनसँगै आज चाँदीको मूल्य पनि ओरालो लागेको छ। चाँदी प्रतितोला ३५५ रुपैयाँले घटेर ५ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो बिहीबार चाँदी प्रतितोला ५ हजार ७ सय ४५ रुपैयाँमा खरिद-बिक्री भएको थियो। अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावका कारण नेपाली बजारमा पनि सुनचाँदीको मूल्यमा प्रभाव परेको व्यवसायीहरूको भनाइ छ।