+

१६२० थान भेपसहित ७ जना पक्राउ

२ जेष्ठ २०८३, शनिबार १७:१०

सिन्धुपाल्चोक । भोटेकोशी गाउँपालिका-३ गंजेखोलाबाट ५६ लाख ७० हजार बराबरको एक हजार ६२० थान भेपसहित सात जना पक्राउ परेका छन् ।

जेठ १ गते राति ९:३० बजेको समयमा इलाका प्रहरी कार्यालय कोदारीबाट प्रहरी निरीक्षक जगतबहादुर राईको कमाण्डमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

चीनबाट भोटेकिशी ३ बोक्चेन हुँदै अरनिको राजमार्ग १० किलो निक्लिने भित्रिबाटोबाट लुकाएर ल्याउँदै गरेको भेप फेला परेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

उनीहरूलाई इलाका प्रहरी काकार्यालय कोदारीमा ल्याई राखिएको प्रहरीले जनाएको छ ।