+

पोखरा बसपार्कको जग्गा खाली गराउने अन्तिम तयारी

६ जेष्ठ २०८३, बुधबार १७:४३

पोखरा । पोखरा महानगरपालिकाले पोखरा बसपार्कको जग्गा खाली गराउने अन्तिम तयारी गरेको छ । जग्गा खाली गराउन तीन दिनभित्र विवरण संकलन समपन्न गर्नेगरी महानगरपालिकाले तयारी थालेको छ ।

महानगरले बुधबार एक जरुरी सूचना जारी गर्दै यसअघि निस्सा पाएका भूमिहिन दलित, सुकुमवासी र अव्यवस्थित बसोबासीहरूलाई जेठ ८ गतेसम्म वडा नम्बर ९ को कार्यालयमा विवरण बुझाउन निर्देशन दिएको छ ।

पोखरामा सुविधा सम्पन्न बसपार्क बनाउन २०३१–३२ सालमा पृथ्वीचोकको २०५ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । ५० वर्षसम्म बसपार्क नबन्दा सो क्षेत्रमा साढे चार सयभन्दा बढी घरटहरा बनेका छन् । २०५ रोपनी जग्गा खुम्चिएर अहिले २६ रोपनी हाराहारीमा सीमित छ ।

महानगरले गत वैशाख ४ गते अतिक्रमित संरचना हटाउन ३५ दिनु सूचना जारी गरेको थियो, जसको म्याद जेठ ८ गते सकिँदैछ ।