+

संविधान संशोधन बहसपत्रका लागि कार्यदलद्वारा राजनीतिक दलहरूसँग छलफल सुरु

७ जेष्ठ २०८३, बिहीबार १६:१७

काठमाडौं । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले विभिन्न राजनीतिक व्यक्तित्वहरूसँग छलफल सुरु गरेको छ।

प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा संविधान संशोधन बहसपत्रसम्बन्धी सुझाव संकलनका लागि छलफल गरिरहेको हो।

कार्यदलले संविधानमा परिमार्जन र सुधार गर्नुपर्ने मुख्य विषयहरूका बारेमा विभिन्न राजनीतिक दलका नेता, कानुनविद् तथा सरोकारवालाहरूसँग चरणबद्ध रूपमा राय लिइरहेको छ। प्राप्त सुझावहरूलाई समेटेर कार्यदलले संविधान संशोधनको आधिकारिक बहसपत्र तयार गरी सरकारलाई बुझाउने जनाइएको छ।